Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीद्वारा तिन महिने कार्ययोजना सार्वजनिक

Published on 4:24:00 PM //


घनश्याम गौतम
बढ्दो अपराध, लैङ्गिक हिंसा र आत्महत्या नियन्त्रण गर्न प्रहरीले पहिलो चरणको तिन महिने कार्ययोजना सार्वजनिक गरेको छ । पहिलो चरणमा संचालन गर्न लागिएको ७० पेज लामो तिन महिने कार्ययोजना सार्वजनिक गर्दै प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले त्यसको कार्यान्वयनमा सहयोग पु¥याउन नागरिक समाज, राजनीतिक दल, संचारकर्मी लगायत सबैसंग आग्रह गरे । उनले तयार पारेको कार्ययोजनामा बढ्दो अपराध नियन्त्रण देखि आत्महत्याका घटना, घरेलु हिंसा न्यूनीकरण र नागरिक संघको सहकार्य लगायत छन् ।
‘शान्ति सुरक्षाका लागि प्रहरी र नागरिक सहकार्य’ नारा सहित सार्वजनिक गरिएको कार्ययोजनामा पहिलो तिन महिनाको चरणमा ७९ मध्ये ३० गाविसमा प्रहरीले घरदैलो अभियानसंगै विभिन्न चेतनामुलक कार्यक्रम संचालन गर्ने  छ । अपराधीहरुलाई संगठित हुन नदिने, निगरानी बढाउने, लैङ्गिक हिंसा नियन्त्रण, आत्महत्या न्यूनिकरण, अबैध जा“डरक्सी उत्पादन र विक्रि वितरणमा नियन्त्रण, लागु औषध र्दुब्यसन न्यूनिकरण लगायतका कार्यक्रमहरु योजनाको प्राथमिकतामा छन् ।
त्यस्तै सामुदायीक प्रहरी सेवाको प्रभावकारिताका लागि पनि विभिन्न कार्यक्रम संचालन गरिने बैदवारले बताए । सार्वजनिक गरिएको कार्ययोजना अनुसार नागरिकसंगको सम्बन्ध सुधारका लागि प्रहरी पहिलो तिन महिनाकै चरणमा जिल्लाका २ क्याम्पस, ३ उच्च मावि, १० मावि, १५ निमावि र १५ प्राथमिक विद्यालयमा पुगेर युवा र्दुव्यसनी बिरुद्ध, नागरिक सचेतना र बिकृति बिरुद्ध चेतनामुलक अभियान पनि संचालन गर्ने छ । ‘हामी आम नागरिकको सुरक्षा, अपराध र विकृति नियन्त्रणका लागि सबै क्षेत्रबाट एकैसाथ प्रयास थाल्दै छौं’, प्रनाउ बैदवारले भने, ‘त्यसमा तपाईहरुको साथ र सहयोग चाहिएको छ ।’
कार्य योजनासंगै प्रहरीले पछिल्ला तिन वर्षको अपराध, आत्महत्या, घरेलु हिंसा लगायत अन्य घटना दुर्घटनाहरुको विवरण समेत सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार अपराध, घरेलु हिंसा र दुर्घटना प्रत्येक वर्ष बढ्दो देखिएको छ । त्यस्तै अन्य जिल्लाको तुलनामा अगाडी देखिएको आत्महत्याको दर पछिल्ला तिन वर्षमा भने स्थित छ । २०६५ मा विभिन्न ८४ ठुला मुद्धा दर्ता भएकोमा २०६६ मा ८८ र २०६७ मा ८९ घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै २०६५ मा जिल्लाभर ३५ जनाले आत्महत्या गरेकोमा पछिल्ला २ वर्षमा पनि ३५ जनाकै दरले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै बहुविवाह, कुटपिट, चोरी, घरेलु हिंसा लगायतका घटनामा पनि पछिल्लो तिन वर्षमा बृद्धि भएको छ । प्रहरीले सबै खाले अपराध, बिकृति र हिंसा रोक्न नागरिक सचेत हुनुपर्ने र प्रहरीसंग सहकार्य गर्नुपर्नेमा जोड दिंदै समाजमा हुने अपराधिक कृयाकलापहरुको पहिचान, प्रभावकारी अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न सल्लाह र सुझाव दिएर सहयोग गर्न समेत आग्रह गरेको छ। कार्यक्रममा उपस्थित राजनीतिक दल, नागरिक समाज, समाजसेवी, व्यवसायी, विद्यार्थी, संचारकर्मी लगायतले भने प्रहरीको कार्ययोजना प्रशंसनीय भन्दै
प्रभावकारी कार्यान्वयनका लागि आग्रह गरेका छन् । पहिलो तिन महिनाको अभियान र कार्यप्रगतिको विश्लेषण र अध्ययन गरेर आगामी थप कार्ययोजना बनाईने प्रहरीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग