Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओछयानमा मृत अवस्थामा फेला

Published on 3:30:00 AM //


गगनशिला खड्का
गुल्मी जिल्लाको हुगाँ गाविसमा एक ब्यक्ति आफ्नै ओछयानमा मृत अवस्थामा फेला परेका छन । हुगाँ गाविस वार्ड नम्बर ५ निवासी ४३ बर्षिय जित बहादुरके.सी.शुक्रबार बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन । शुक्रबारसाझँ घरमै अलिकति मदिरा सेवन गरि खाना खाएर सुतेको परिवारले जनाएको छ । यसरी राम्रोसगँ खाना खाएर सुतेका जित बहादुर जित बहादुर बिहान घर परिवारले ओछ्यानमा मृत अवस्थामा देखेपछि स्थानीयवासी तथा प्रहरीलाई खवर गरेका थिए । घटनाको खवर पाए पछि इलाका प्रहरी कार्यलय रिडीका प्रमुख प्रहरी निरीक्षक रबि सिहं मल्लसहितको एक प्रहरीटोली घटनास्थलमा पुगेको थियो ।
जित बहादुर सुतिरहेको ओछ्यान नजिकै बिषभेटिएकाले प्रहरीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीलेजनाएको छ । प्रहरीले घटनाको मुचुल्का बनाएर शवलाई भर्खर मात्र जिल्ला अस्पताल तम्घासमा ल्याइएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकृत तथा प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग