Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषिमा जोड

Published on 3:31:00 AM //


गगनशिला खड्का
उत्पादक कृषक, ब्यवसायी र उपभोक्ता बिचको अन्तर हटाई कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन । जिल्ला कृषि विकास कार्यलय र उद्योग बाणिञ्य सघं गुल्मीको अयोजनामा तरकारीतथा फलफुल उत्पादक किसान र ब्यवसायी बिच भएको अन्त्तरक्रिया कार्यक्रममा बोल्नेवक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । कार्यक्रममा सहभागीहरुले उचित बजारको ब्यवस्था, हाट बजारलाई ब्यवस्थित बनाउनु पर्ने, उत्पादक कृषकहरु जस्तै ब्यवसायीहरु पुनर्सङ्गठित भएर लाग्नु पर्ने, कृषि उत्पादकहरुले नाफा भन्दा गुणस्तरलाई ध्यान दिनु पर्ने,पछिल्लो समयमा देखिएको युवा बिदेश पलायन जस्तो गम्भिर समस्यालाई रोक्नका लागिजिल्ला कृषि विकास कार्यलयले कृषिमा युवामुखि कार्यक्रम ल्याउनु पर्ने कुरामा समेतजोड दिएका थिए ।
क्षेत्रिय कृषि निर्देशनालयका बिरेन्द्र हमालको प्रमुख आथित्यता रहेको कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकारी नरहरिप्रसाद घिमीरे, सफल कृषक कमलराज श्रेष्ठ, जिल्ला सहकारी सघंका अध्यक्ष शेषकान्त्त गौतम, पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम, उद्योग बाणिज्य सघंका सम्पुर्णसदस्यहरु, ब्यवसायी,कृषक, पत्रकार शिब सुबेदी, टोपलाल अर्याल, नारायण प्रभातमरासिनी,गुणाखर अधिकारी लयागतको उपस्थिती रहेको थियो । उद्योग बाणिज्य सघं गुल्मीका अध्यक्ष कुष्ण प्रसाद भण्डारीको अध्यक्षतामा रहेको कार्यक्रमको सञ्चालन सचिवतारा प्रसाद भुसालले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग