Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाग्लुङ दोस्रो भलिवलको उपाधी पनि गुल्मीलाई

Published on 12:32:00 PM //


रामु लम्साल
वाग्लुङ सम्पर्क समितिद्धारा आयोजित बाग्लुङ दोस्रो भलिवल प्रतियोगितामा गुल्मी सम्पर्क समितिले आपुनो बर्चश्व कायम गरेको छ ।
फोटो- नेपाल कोरीया डट कम
माङवल्सा कवर्ड हलमा १४ टीम बीच भएको प्रतिस्पर्धामा आयोजक बाग्लुङ सम्पर्क समितिलाई २:० को अन्तरले पराजित गर्दै गुल्मी सम्पर्क समिति विजयी भएको छ । नेपाली दर्शकको बाक्लो उपस्थितीका बीच सम्पन्न उक्त खेल अत्यान्तै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो । समाज सेवा र संस्थागत विकासको लागि रचनात्मक कार्य गर्ने अभिप्रायले आयोजना गरेको उक्त प्रतियोगितामा भने तेस्रो स्थानको लागि नमस्ते पाल्पा समाज र DSMI बुसान बीच गोलाप्रथा गर्नु परेको थियो । गोलाप्रथाबाट तेस्रो स्थानमा नमस्ते पाल्पा समाज छनौट भएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी DSMI बुसान का सुवास रानामगरलाई ट्रफी र नगद पुरुस्कार प्रदान गरियो ।
नेपाल सम्पर्क समितिका अध्यक्ष डेविड राईको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रतियोगितामा आदिवासी जनजाती महासंघका अध्यक्ष चङ कुमार गुरुङ एनआरएन कोरियाका ध्यान राई मगरसंघका खड्क पुन म्याग्दीका नर वहादुर पुन पर्वत समाजका तुल वहादुर पुन स्याङ्जा परिवारका ईश्वर गुरुङ सुदूर पश्चिमका नर वहादुर सांकी व्यापार संघका मदन के।सी। गुल्मी समाजका गान्धिव सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रमुखहरुले खेलाडीहरुलाई हौंसाला प्रदान गरेका थिए । सभापतित्व भने वाग्लुङ समाजका अध्यक्ष पुर्ण काउंचाले गर्नु भएको थियो । सो प्रतियोगिताको संचालन भने सचिव यस श्रीस मगर बाट भएको थियो । भलिवल संघ कोरिया शाखाका सह संयोजक एवं राष्ट्रिय मान्यता प्राप्त एम्पायर केश भक्त गुरुङले खेल सन्चालन गर्नु भएको थियो ।
वाग्लुङ सम्पर्क समितिले सो प्रतियोगितामा चिठ्ठा कार्यक्रमको आयोजना गरेको हुंदा सो चिठ्ठा कार्यक्रमको नतिजा निम्न अनुसार छ । प्रथम पुरुस्कार चिठ्ठा नं ००६९ समिर राम्जाली दोस्रो पुरुस्कार चिठ्ठा नं।०३७३ कृष्ण भुजेल तेस्रो पुरुस्कार चिठ्ठा नं।०५४० दिर्घ पुन र सान्तोना पुरुस्कारहरुमा चिठ्ठा नं।०७६३ ०२८४ ०३६२ रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग