Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोकर्ण भर्सेस कुम्भकर्ण

Published on 4:19:00 PM //

लक्ष्मण गाम्नागे
कताबाट एउटा गुल्मेली केटो गोकर्ण भन्ने विष्टले मन्त्री पदको चिट्ठा पारेछ। विष्ट रहेछ साह्रै दुष्ट। अग्रजहरूले दिएको शिक्षा र सिकाएको सीपसँग एकदमै असन्तुष्ट। आफ्ना राजनीतिक गुरुहरूप्रति रुष्ट। आफ्नै नेता कमरेडहरूका पदचापलाई नपछ्याई आफ्नै इच्छा अनुसार चल्ने पथभ्रष्ट। ओठ निचोर्दा दूध आउने उमेरमै अग्रजहरूले सम्पन्न गरेका कामहरूमाथि औँला ठड्याउने उद्दण्ड। 'राजनेता'हरूले गररिहेका काममाथि नैतिक प्रश्न खडा गर्ने जण्ड।

यो ठिटोले मन्त्री भएकै दिनदेखि के के जाति ओहोर्‍याई र जिद्धीपन प्रदर्शन गर्न थालेको हो। उसैको निर्देशनमा बिजुली चोर्ने जनतालाई दण्ड गर्ने जुन उद्दण्ड कार्य भइरहेको छ, यो विद्युत् प्राधिकरण र त्यहाँका कर्मचारीको परम्परा, नीति र मापदण्डविरुद्ध छ। सबै जात, धर्म, लिंग र सम्प्रदायको एउटै मात्र साझा 'चोर संस्कृति'विपरीत छ। चोर भए पनि जनता भनेका जनतै हुन्। जनताविरुद्धको तिम्रो कारबाही तिम्रै पार्टीको हित प्रतिकूल छ। राजादेखि रंकसम्म चोरहरूको बहुमत भएको देशको सरकारमा मन्त्री बनेर चोरी नियन्त्रण गर्न खोज्नु सर्वथा हास्यास्पद छ।

विद्युत् प्राधिकरणमा खुला प्रतिस्पर्धा गराएर प्रमुखको छनोट गर्ने मूर्खताप्रति झनै धिक्कार छ। आफ्ना कतिपय अग्रजले आफ्ना भाइको नागरकिता परविर्तन गरेर कुन-कुन देशको दूत बनाए। श्रीमतीसँग नक्कली डिभोर्स गरेर अनेक संस्थाको कोषाध्यक्ष बनाए। कतिले सालालाई जीएम बनाए, कतिले सोल्टिनीलाई पीए बनाए। क-कसले त आफन्तको लिंगै परविर्तन गराएर पनि जागिर खुवाए भन्ने सुनियो। तिमी उल्लू भने गोजीमा भएको जीएमको नियुक्तिपत्र आफ्नै जेठानलाई दिन छाडेर खुला प्रतिस्पर्धा गर्न लगाउँछौ। तिमीलाई त यो गाईजात्रामा पटमूर्ख घोषणा गर्नुपर्ने पो रहेछ। 

तिम्रा अग्रजहरूले करोडौँ पर्ने सवारी साधनहरू तिम्रै प्राधिकरणबाट, तिम्रै आयोजनाहरूबाट, मन्त्रालयबाट, विभागहरूबाट जबरजस्ती घिसारेर लगेर निर्लज्जतापूर्वक चढिरहेका छन्। एक साता मन्त्री भएपछि जिन्दगीभर िसरकारी गाडी, ड्राइभर, इन्धन, गार्ड, भान्से, पालेलगायतका सरकारी सुविधामाथि लगातार बलात्कार गर्दै चरम आनन्द लुटिरहेका छन्। तिमी भने छँदाखाँदाको एउटा राम्रो गाडी पनि फिर्ता गर्छौ। के अब पैदल हिँड्छौ ? मन्त्री भएको मान्छेले पैदल हिँडेको देखे भने तिम्रा नातागोता र सहकर्मीले कति गिल्ला गर्लान् !

तिमीलाई जान्ने भएर विद्युत् प्राधिकरणको छँदाखाँदाको अध्यक्ष पद पनि छाड्नुपर्ने ! अध्यक्ष बनेर डिनर डकार्दै, दलालहरूलाई खोलानाला बेच्दै, अकूत कमिसन र भत्ता भेला पारेको भए तिम्रा ससुरालीको के जान्थ्यो ! पद छाड्ने बेलामा पूर्वजहरूले जस्तै अध्यक्षको कुर्सीमा बिस्ट्याइदिएर प्राधिकरणको सबैभन्दा महँगो गाडी लिएर थपक्क गुल्मीतिर वा बल्खुतिर सवारी भएको भए कसले के नाप्थ्यो ? 

हुँदाहुँदा मन्त्रीको पद धरापमा परसिक्दा पनि शौचालयदेखि मदिरालयसम्मका उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर रबिन काट्दै हिँड्न छाडेर पैसा नतिर्ने ग्राहकका बिजुली काट्दै पो हिँड्न थालेछौ तिमी त ! सर्वहारा वर्गका नेता भएर यसरी मुखिया-खरदिारहरूले गर्ने काम गर्दै हिँड्न शरम लाग्दैन ? तिमीले त मन्त्री पदको इज्जतै उडायौ। पार्टीको पनि बदनाम गर्‍यौ। अब तिमीलाई कुम्भकर्ण कमरेडहरूले भविष्यमा मन्त्री पदका लागि अयोग्य ठहरनिे गरी पदबाट बर्खास्त गर्ने भए। हेर्दै जाऊ !

प्रस्तुत ब्याङ्ग्य नेपाली राष्ट्रिय साप्ताहिक नेपालबाट सभार गरिएको हो ।  

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग