Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाइरल ज्वरो र टाइफाइडको प्रकोप

Published on 1:54:00 PM //


शिबलाल सुबेदी,लगातार बर्षा, परिवतित मौसम र दुषित पानीले गुल्मी जिल्लामा केही दिन यता भाइरल ज्वरो तथा टाईफाइडको प्रकोप बढेको छ । सदरमुकाम तम्घास लगायत गाउँ गाउँमा भाइरल ज्वरो तथा टाईफाइडको प्रकोप फैलेपछि उपचारका लागि स्वास्थ्य सस्थाहरुमा आउने बिरामीहरुको सख्या ह्रवात्तै बढेको छ । यसरी अहिले स्वास्थ्य सस्थाहरुमा आउने बिरामीहरुमा ज्वरो आउने , टाउको दुख्ने, घाटी दुख्ने, रुघाखोकी लाग्ने ,,झाडापखाला लाग्ने जस्ता समस्याहरु देखा परेको जिल्ला अस्पताल तम्घासका प्रमुख डाक्टर हरि बहादुर के.सीले बताएका छन ।उनले अहिले सदरमुकाम तम्घासमा रहेको जिल्ला अस्पताल लगायत सदरमुकामका अन्य अपताल तथा गाउँ गाउँमा रहेका स्वास्थ्य सस्थाहरु र मेडीकलहरुमा बिरामीहरुको चाप बढरहेको बताए । केसीका अनुसार पहिले दैनिक ५० ÷६० जना सामान्य बिरामीहरु जिल्ला अस्पताल आउने गरेको र अहिले दैनिक १ सय ५० भन्दा बढी बिरामीहरु अस्पताल आउने गरेको बताए ।
यसरी दैनिक आउने १ सय ५० जना बिरामी मध्ये ५÷७ जना उपचारका लागि भर्ना हुने गरेका छन , उपचारका लागि अस्पताल आउने बिरामीहरुलाई बेड नपुगेर भुईमा राखेर समेत उपचार गरिरहेका छौ , बिरामीहरु दैनिक भना र डिस्चार्ज हुने क्रम जारी रहेको छ के.सीले भने । गुल्मीमा १५ बेडको जिल्ला अस्पताललाई १४ बेड थपेर २९ बेड बनाइएको छ ।
अहिले २९ बेडले पनि नपुगेर बिरामीहरु भुइमा राखेर उपचार गनु परेको छ । जिल्ला अस्पताल तम्घासमा गुल्मी, अर्घाखाची, प्युठान, बाग्लुङ्ग लगायतका जिल्लाका बिरामीहरु उपचार गराउन आउने गरेको जिल्ला अपताल तम्घासले जनाएको छ । यसरी जिल्लामा ज्वरो तथा टाईफाईडका बिरामीहरुको सख्या अघिल्ला महिनाहरुमा भन्दा दोब्बरले बढी रहेको जिल्ला अस्पताल तम्घासले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग