Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीज गीतमा संबिधान र महिला अधिकार

Published on 12:20:00 PM //

मनोज बस्नेत 
गुल्मीको अम्मरपुर गाविसमा रहेको राङ्दल चौरमा हिजोदेखि सुरु भएको तीज गीत प्रतियोगिताका प्रतियोगिहरुले महिलाको हक अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् । उनीहरुले गीतमार्फत समयमै संविधान निर्माण हुनुपर्ने बताएका थिए भने शिक्षा स्वास्थ्य तथा कृषिमा आधारित गीतहरु पनि प्रस्तुत गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्वर ३ गुल्मीको आयोजनामा भएको उक्त प्रतियोगितामा २२ ओटा गाउँ समितीको सहभागीता रहेको थियो । प्रतियोगितामा नेटा गाउँ समिती प्रथम, अर्खावाङ गाउँ समिती द्धितीय र अर्जे गाउँ समिती तृतीय भएका छन् भने वाग्ला र दोहोली गाउँ समिती सान्तवना भएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिती गुल्मीका सचिव विष्णु वलालको प्रमुख आतित्थ्यता रहेको प्रतियोगितामा जिल्ला सदस्यहरु शालिक पन्थी, हरि केशी, भुवन श्रेष्ठ, महिला संघकी अध्यक्ष विष्णु सापकोटा, तरुण दल अध्यक्ष खिलध्वज पन्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्षेत्रीय सभापति दामोदर भुसालको अध्यक्षता सदस्य भगवत सिंह खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा गाउँ समितीका सभापति र सचिवहरु विच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । अन्तरक्रियामा संगठन सुदृढिकरण र भावी कार्यदिशा लगायतका विषयमा व्यापक छलफल भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग