Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीजमा नाचेरै स्कुलमा अक्षयकोष निर्माण

Published on 2:41:00 PM //

तीजमा दर खाने निहुँमा मौलाएको बिभिन्न बिक्रिती सम्बन्धी टिका टिप्पणी पत्रपत्रिकामा छाइरहँदा एउटा प्रेरणादायी तीज कार्यक्रम् सम्पन्न भएको छ फिनल्याण्डको राजधानी हेल्सिन्कीमा । फिन्निश नेपाली समाजद्वारा शनिबार आयोजित तीज कार्यक्रममा सहभागी महिलाहरुद्वारा गरीब तथा जेहेन्दार बिद्यार्थीको नीम्ति अक्षयकोषको निर्माण गरिएको छ ।
तीज कार्यक्रममा सहभागी महिलाहरुबाट ५३० युरो (करिब ५३०००) संकलन भएको थियो । अक्षयकोषको रुप रहने सो रकमा गुल्मी जिल्ला स्थित श्री शिव शंकर माध्यमिक बिद्यालयलाई प्रदान गरिने भएको छ । फिनल्याण्ड मै जन्मिएर हुर्किएका युवतीहरु पनि तीज कार्यक्रममा कम्मर मर्काउन पुगेका थिए । संस्क्रितीको जगेर्नाका साथ साथै सामाजिक सेवामा समेत अग्रसर गराउन फिन्निश नेपाली समाजको पहलमा सो कार्यक्रम् सम्पन्न भएको थियो ।
महिलाहरुको दु:ख र सुखका अनुभवलाई गीत, संगीत र न्रित्य मार्फत प्रस्तुत गरिने यस पर्वलाई जीबन्त राख्न फिनल्याण्डबासी महिलाहरुको सक्रिय सहभागिता रह्यो । करिब २०० जनाको उपस्थिती रहेको सो कार्यक्रममा चियापानको ब्यवस्था फिनल्याण्ड स्थित नेपाली रेस्टुरेन्ट ब्यवसायीहरु गरेका थिए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग