Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एउटा गाईले दुईवटा वाच्छावाच्छी जन्मायो

Published on 5:35:00 AM //

सीता भण्डारी
वुढापाकाहरुले गाईहरुले पनि दुईवटा वाच्छावाच्छी पाउँछन भनेको सुन्दा वर्तमान पिढीलाई अनौठो लाग्थ्यो तर गुल्मीको जैसीथोकमा गाईले दुईवटा वाच्छावाच्छी जन्माएछि अव अनौठो मान्नुपर्ने अवस्था रहेन । जैसीथोक गाविस वार्ड नं. ९ रौताडी गाउँका शोभाखर पोखरेलको जर्सी गाईले दुईवटा जुम्ल्याहा वाच्छा वाच्छी जन्माएपछि स्थानीयवासी अचम्मित वनेका छन् । 
परम्परागत खेती छाडेर व्यवसायिक तरकारी खेती र दुग्ध उत्पादनमा लाग्नुभएका कृषक शोभाखर गाईले दुई वटा वाच्छावाच्छी जन्माएपछि निक्कै हर्षित हुनुभएको छ । गत वर्ष रुपन्देहीको देवदहवाट ल्याईएको जर्सी गाई रौताडी गाउँमा २५ घरधुरीले पालिरहेका छन् । रौताडी गाउँमा देविस्थान दुग्ध उत्पादन सहकारी संस्था गठन गरी उक्त क्षेत्रलाई दुग्ध पकेट क्षेत्र वनाईएको छ । त्यहाँवाट दैनिक ६० लिटर भन्दा वढी दूध उत्पादन भई सदरमुकाम तमघासमा आउने गरेको छ । सोही गाउँमा केही महिना अघि वर्तमान प्रधानमन्त्री डा. वावुराम भट्टराई समेतले पशुपालनको अनुगमन गर्नुका साथै कृषकको घरमा वसेर दूध पिउनुभएको थियो । 
डा. भट्टराईले रौताडी गाउँका कृषकको व्यवसायिक पशुपालनवाट भएको आर्थिक प्रगतिलाई देशका सवै कृषकहरुले पछ्याउन सके देशको आर्थिक विकासले चाँडै फड्को मार्ने वताउनुभएको थियो । उक्त सहकारी सँस्थाको निमाणाधिन दुग्ध संकलन केन्द्रको भवनमा आवश्यक रकम जुटाई दिने समेत डा. भट्टराईले आश्वासन दिनुभएको थियो । यतिवेला रौताडी गाउँका अधिकाँश कृषक व्यवसायिक तरकारी खेती र दुग्ध उत्पादनमा लागेपछि क्रमिक रुपमा यस गाउँमा आर्थिक प्रगति भईरहेको स्थानीय अगुवा कृषक समेत रहेका एकीकृत नेकपा माओवादीका राज्य समिति सदस्य भुपाल पोखरेलले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग