Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुखुरा थुन्ने खोरमा चितुवा पस्यो

Published on 5:36:00 AM //

सीता भण्डारी

गुल्मीको सिमिचौर गाविस वार्ड नं. ९ राङ्गवास निवासी पुर्णकुमारी नेपालीको घरमा पसेको चितुवालाई आज जिल्ला प्रशासन सहित चितवन राष्ट्रिय निकुञ्जको टोलीले सुरक्षित व्यवस्थापन गर्ने भएको छ । नेपालीको घरको कुखुरा थुन्ने कोठामा पसेको चितुवालाई उहाँका छोरा पुर्णवहादुर नेपालीले वाहिरवाट ढोका लगाई थुनेको चितुवालाई हिजो जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयलाई जानकारी गराईएको थियो । सोही अनुरुप जिल्ला प्रशासन तथा जिल्ला वन कार्यालयले निरीक्षण गरेको थियो । उक्त वाघलाई आज दिउँसो चितवनवाट आउने टोलीले सुरक्षित व्यवस्थापन गराउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले वताउनुभयो । उक्त चितुवा निक्कै ठुलो रहेको स्थानीयवासी पदमप्रसाद अर्यालले वताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा चितुवाहरुले स्थानीयवासीलाई सताउने गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग