Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

किन बनेन रेसुङ्गा बिमानस्थल ?

Published on 12:55:00 PM //

नारायण प्रभात मरासिनी,
सात वर्ष अघिदेखि सुरु गरिएको गुल्मीको सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको निर्माण कार्य रकम अभावका कारण अलपत्र पर्दै आएको छ । २०६१÷०६२ सालमा सर्वे गरिएको उक्त विमानस्थल करिब ९ करोड लागतमा निर्माण गर्ने भनिएपनि हाल सम्म जम्मा ६० लाख मात्रै रकम परेकोले निर्माण कार्य अलपत्र परेको हो ।
उक्त रकमबाट सिमीचौरको थालेमाले सम्म मोटरबाटो खन्ने कार्य र विमानस्थलको केहि भागमा रिटनिङ्गवाल बनाउने कार्य भए पनि अन्य कार्य अगाडी बढ्न सकेको छैन् । करिब १६ घरधुरीले एअरपोर्ट बन्ने भने पछि मुआब्जालिई बस्ती छाडेका छन् । ति मध्ये करिब ५ घरले जग्गाको उचित मुआब्जा नभएको भन्दै अझै बस्ती सरेका छैनन् ।

साढे ३ लाख जग्गाको मुआब्जा लिई बसाईसराई गरिसकेका डेमबहादुर घर्ती मगर एअरपोर्ट बन्ने सम्भावना कम हुँदै गएको भन्दै आफ्नो पुर्खयौली घर छोड्नु परेको बताए । एअरपोर्ट नबन्ने हो भने किन हाम्रो घरबस्ती उठाइयो ? अधिकांश स्थानियबासीको गुनासो रहेको छ । यहाँ पद खोज्ने काम गर्ने भएका कारण समितिको तालमेल नमिल्दा निर्माण कार्य अलपत्र परेको समितिका सचिव पदमप्रसाद अर्यालले बताउनु भयो ।

केन्द्रमा सरकार बनाउने र ढलाउने खेल जस्तै यहाँ पनि यस्तै भइ रहेछ सचिव अर्यालले भन्नुभयो । अध्यक्ष जयप्रसाद अर्यालले पनि समिति बिच तालमेल मिल्न नसकेको स्वीकार गर्नुभयो । जस्का कारण गत वर्ष २५ लाख रुपैया फ्रीजहुन पुगेको समेत अर्यालले बताउनु भयो । जिविसले ३ करोड रकम दिने भने पनि जम्मा २५ लाख दिने भयो अर्यालल भन्नुभयो ।

गुल्मीको क्षेत्र नं २ मा चुनावी नारा समेत बनेको रेसुङ्गा विमानस्थल तत्कालीन नागरिक उड्यन मन्त्री प्रदिपकुमार ज्ञवालीको पहलमा निर्माण गर्न सुरु गरिएको थियो । यस सम्बन्धमा सभासद् ज्ञवालीले आफु विमानस्थल निर्माण कार्य अलपत्र परेकोमा गंभिर भएको बताए । निर्माण समिति समेत कम सक्रिय भएकोले केन्द्रमा घचघचाउने काम हुन नसकेको प्रति उनले चिन्ता प्रकट गरे ।

त्यस्तै क्षेत्र नं १ का सभाषद् सुर्दशन बराल र क्षेत्र नं ३ का सभाषद् चन्द्रबहादुर थापा सागरले तत्कालीन मन्त्री ज्ञवाली प्रति लक्षित गर्दै भने उड्यन मन्त्री हुँदा सबैले आ–आफ्नो क्षेत्रमा एअरपोटको सपना देखाउने र पछि व्यवास्था गर्ने चलनको उक्त विमानस्थल एक उदाहरण भएको धारणा राखे । हामी चिन्तीत छौ गुल्मीका सबै सभाषदहरुले यथासिघ्र आवाश्यक रकमका लागि पहल गर्ने छौ तिन वटै सभासदको भनाई थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग