Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 1:48:00 PM //

"निराश बिरही" रेशम श्रीस

चराइ रहेको आलो घाउमा नून छरेर गयौ
सुखी थियो जीवन बिरहको धून भरेर गयौ

चाहिन्न केही चोखो माया दिए पुग्छ भन्ने तिमी
आँफै नै पराइको डोलिमा सुन जरेर गयौ

तिम्रो साथ छोड्दिन जनमभर तिम्रै हुँ भन्थ्यौ
सजिएर सिन्दुरले खोली कुन तरेर गयौ 

हामीसंगै रमाउने जुनेली रातहरु सुन्य छ अचेल
स्वार्थी बनी उजेली पुर्णेका जुन हरेर गयौ

सदा आभारी बनायौ मलाई तिमीले त रानी
विश्वासमा यती घातका गुण गरेर गयौ

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग