Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भैंसिहरुको निर्यातमा खुल्ला गरिने

Published on 12:57:00 PM //

नारायण प्रभात मरासिनी
गुल्मी जिल्लामा प्रजनन्का लागि अयोग्य प्रमाणित भएका भैसिहरुको विक्रि वितरण गर्ने काम खुल्ला गरिने भएको छ । जिल्ला पशुसेवा कार्यालय गुल्मीको आयोजनामा जिल्ला विकास समितिमा वसेको सर्वपक्षीय वैठकले घरायसि प्रयोजन र जिल्ला पशुसेवा कार्यालयले प्रजनन्का लागि अयोग्य प्रमाणित गरेका स्वस्थ भैसिहरुको निकासि खुल्ला गरेको हो ।
ग्रामिण क्षेत्रमा प्रजनन् अयोग्य थारा भैसिहरु विक्रिकालागि जिल्ला वाहिर निर्यात गर्न स्थानीय प्रशासनले रोक लागाएपछि त्यस्ता भंैसिहरु विक्रि गर्न पाउनु पर्ने भन्दै किसानहरुले व्यापक गुनासो गर्न थालेपछि सर्वपक्षीय वैठकले विगतको निर्णयलाई यसरी पूर्नविचार गरेको हो । गुल्मी जिल्लामा व्यापारीहरुले मासुको प्रयोजनकालागि भन्दै विगत समयमा प्रजनन् योग्य भैसिहरुसमेत जिल्लावाहिर निर्यात गर्ने क्रम वढ्दै जान थालेपछि गत चारवर्ष देखि गुल्मीमा त्यस्ता भैसिहरुको निर्यातमा प्रशासनले रोक लगाउँदै आईरहेको थियो । स्थानीय विकास अधिकारी हरिलाल रेग्मीको अध्यक्षतामा वसेको उक्त सर्वपक्षीय वैठकमा जिल्ला पशुसेवा कार्यालयका डाक्टर हरिवहादुर कुँवरले कार्यालयको तर्फवाट सहजिकरण गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग