Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारलाई धम्क्याउनेले सार्वजनिक रुपमा माफी मागे

Published on 1:50:00 AM //

जनार्दन घिमिरे 
गाउँमा चोरी गरेको घटनाको वारेमा गत सोमवार गुल्मीको रेडियो रेसुङ्गावाट प्रशारित समाचारको विषयलाई धम्की दिने स्थानीय चारजना व्यक्तिहरुले आज सार्वजनिक रुपमा माफी मागेका छन् । गुल्मीको रेडियो रेसुङ्गामा कार्यरत स्थानीय पत्रकार राजेन्द्र पन्थीलाई रेडियोमा समाचार प्रशारण गरेको विषयलाई लिएर घमिर गाविस ५ निवासी चुरावहादुर अर्याल, ६ का थमवहादुर सुनार, ४ का लक्ष्मण कार्कि र २ का राजन विश्वकर्माले हिजो वुधवार कुटपिट गर्ने धम्कि दिएका थिए । 
उनीहरुले आज प्रहरी र स्थानीय वुद्धिजीवि र पत्रकारका सामु आफुहरुले समाचारै नसुनि हचुवाको भरमा धम्कि दिएर गल्ती गरेको भन्दै आउँदा दिनमा त्यस्ता गल्ती कहिल्यै नदोहोरिने प्रतिवद्धता सहित लिखीत रुपमा कागजात गरि माफी मागेका छन् । घमिर गाविस सचिव राजु शर्मा, मर्भुङ्ग प्रहरी चौकि सिमलटारीका प्रहरी सहायक निरिक्षक कृष्ण नेपाली लगायत राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीय व्यक्तिहरुको रोहवरमा उनीहरुले लिखीत रुपमा उक्त माफी मागेका हुन् । पत्रकारलाई समाचार लेखेको विषयलाई लिएर दिएको धम्किप्रति रेडियो रेसुङ्गाको तर्फवाट कार्यकारी निर्देशक जनार्दन घिमिरे र नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले आज छुट्टा छुट्टै विज्ञप्ती जारी गरि पत्रकारलाई दिएको धम्कि प्रति घोर भत्र्सना गर्दै दोषिहरुलाई कानुनि कार्वाही गर्न प्रशासन समक्ष आग्रह समेत गरिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग