Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

त्यसैले त तिमीले (कविता)

Published on 3:12:00 PM //

रामु गैरे 
चिउरामाटी हाल: प्रबासबाट  

मेरो घरको झुपडिको बास मन परेन होला
तेसैले त ठूला-ठूला महल रोज्यौ
दाउरा बाल्ने चुलो मन परेन होला
तेसैले त शहरको अटोमेटिक ग्यास खोज्यौ ।

मट्टितेलमा बाल्ने बत्ती मन परेन होला
तेसैले त शहरको उज्यालो बिजुली रोज्यौ
चोखो माया बाहेक के नै थियो र तिमीलाई दिन
तेसैले त मेरो मायालाई धनको तराजुमा जोख्यौ ।

पैदल हिंड्न तिमीलाई थकाइ लाग्यो होला
तेसैले त सरर गुड्ने मोटर बाइक् रोज्यौ
तिमीलाई पैसै ठूलो रहेछ म सोझोलाई के थाहा ?
तेसैले त तिमीले धन माथि नाता जोडेउ ।

गुन्द्रुक र ढिँडो तिमीलाई मन परेन होला
तेसैले त चिकेन तन्दुरी, मटन् बिरयनी अनि बियर व्हिस्की रोज्यौ
यिनै-यिनै चिज नपुग रहेछ र पो ममा
तिमी र म बीचको नाता सधैंका लागि तोडेउ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग