Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेडसरहरुको बैठक सम्पन्न

Published on 9:34:00 PM //

मनोज बस्नेत,
गुल्मीको घमिर गाविस भित्रका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापकहरु बिचको बैठक आज देविस्थाान उच्च माध्यामिक बिद्यालय भानु पोखरा घमिरमा सम्पन्न भएको छ । बैठकले सम्पुर्ण बिद्यालयका भबनहरु तथा सौचालय जिर्ण भएकोले पुन निमार्णको लागि जिल्ला शिक्षा कार्यालयमा पहल गर्ने निर्णय गरेको छ । बैठकमा गाविस स्थित राजनितीक दलका प्रतिनीधी, सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय व्यावस्थापन समितीका पदाधिकारी, पत्रकार लगाएतको प्रतिनीधीत्व रहेको थियो । नेकपा माओवादि मगरात राज्य समिती सचिवालय सदस्य सुर्य बहादुर बुचा मगरको प्रमुख आतिथ्यता रहेको बैठक देविस्थान उच्च माध्यामिक बिद्यालयका प्राचार्य हेमराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । घमिर गाविसमा हाल गाविसको वडा नम्बर १ मा चिसापानी पा्रथमिक बिद्यालय, वडा नम्बंर ५ मा मैदानचौर प्रावि, २ मा बरारुख निम्न माध्यामिक बिद्यालय, ४ मा घमिर प्रावि र देविस्थान उच्च मावि गरी जम्मा ५ ओटा बिद्यालय रहेका छन् । गाविसका ५ ओटा बिद्यालयमा गरी करिब २ हजार बिद्यार्थी अध्यनरत छन् ।  

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग