Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेले कार्यक्रम गाउँ-गाउँ लैजाने

Published on 10:08:00 PM //

अनिल खत्री 
गुल्मी नेकपा एमाले बागलुङले असोज १ गतेदेखि १५ गतेसम्म संगठन विस्तार एवं सुदृढिकरण अभियानलाई गाउँ गाउँमा लैजाने भएको छ । नेकपा एमाले बागलुङको शनिबार भकुण्डेमा सम्पन्न नवौं बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य तथा धौलागिरि इन्चार्ज श्रीमाया थकालीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कार्यकर्तालाई बैचारिक रुपमा सुदृढ गर्ने, सैद्धातिक बैचारीक राजनीतिक रुपमा प्रशिक्षण, बिधी र पद्धती अनुरुप पार्टी सञ्चालन गर्ने र युवा विद्यार्थीहरुको बीचमा पार्टीलाई स्थापित गराउने उद्देश्यले यो अभियान थालिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बैठकले ३ निर्वाचन  क्षेत्रलाई आधार मानी क्षेत्र नं. १ मा हिमाल शर्मा, लालबहादुर थापा, डिल्लीराज गौतम र नेत्र बिष्टको संयोजकत्वमा ४ वटा टोली, क्षेत्र नं. २ मा नारायण कँडेल, हरिप्रसाद शर्मा, सावित्रा राना, लक्ष्मी पौडेल र दुर्गाबहादुर कुँवरको संयोजकत्वमा ५ वटा टोली र क्षेत्र नं. ३ मा सुनिल शेरचन, टंक पौडेल, उदिम छन्त्याल, डम्बर श्रीस, शान्ति अधिकारीको संयोजकत्वमा ५ वटा टोली गठन गरेको छ ।
त्यस्तै जिल्ला कमिटिमा रिक्त रहेको सचिवालय सदस्यमा हरिनारायण गौतम, गीता शर्मा र टंक पौडेल निर्वाचिन हुनुभएको छ । उहाँहरुसँगै अब एमाले बागलुङको सचिवालय सदस्यको संख्या १७ जना पुगेको छ । भने जिल्ला कमिटिको संख्या ६३ पुगेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
बैठकले पार्टीको नियमावली अनुसार थप व्यवस्था भए बमोजिम प्रत्यक निर्वाचन क्षेत्रबाट ४–४ जनालाई जिल्ला कमिटिमा मनोनित गरेको छ । मनोनित हुने हरुमा क्षेत्र नं. १ बाट ओम शर्मा, बुलबहादुर केसी, बालकृष्ण कँडेल, प्रमिला बिक, निर्वाचन क्षेत्र नं. २ बाट धनीश्वर पौडेल, खगेन्द्र शर्मा, होमनाथ सापकोटा र विष्णु राना र क्षेत्र नं. २ बाट ईश्वर थापा, खड्क काउचा, हिरामणी आचार्य र गणेश थापा रहेका छन् ।
पत्रकार सम्मेलनमा बैठकको निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग सदस्य भुपाल चालिसेले बागलुङ जिल्लाको भकुण्डे गाविसलाई पर्यटकीय क्षेत्र बनाउनका लागि एमालेले पहल थाल्ने जानकारी दिनुभयो । साथै कात्तिक १ देखि ३ गतेसम्म सम्पन्न हुन गईरहेको भकुण्डे महोत्सवलाई सफल पार्नका लागि सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह समेत गरिएको छ । बैठकमा नेकपा एमाले बागलुङका सचिव एवं आर्थिक विभाग प्रमुख नरबहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०६७÷०६८ को आय व्यय पारित गरेको जानकारी गराइएको छ । एमालेले आर्थिक वर्ष २०६७÷०६८ मा ५ लाख ९१ हजार रुपैया खर्च भएको जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग