Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालय व्यवस्थापन समितीको पुर्नगठन

Published on 10:14:00 PM //

अनिल खत्री   
श्री अम्मर निम्न माध्यमिक विद्यालय नेटा ६ जैसीपोखरा गुल्मीको भेला आज सम्पन्न भएको छ । भेलाले अम्मर सिंह पुन अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समितीलाइ विगठन गरी वेग बहादुर श्रीसको संयोजकत्वमा ५ सदस्यीय नया विद्यालय व्यवस्थापन समितीको निर्विरोध गठन गरेको छ । जसको सदस्यहरुमा मोतीलाल श्रीस नेटा ५, मान बहादुर वि क नेटा ८, महिला सदस्य छमी वि क नेटा ६ र सहस्य सचिवमा विद्यालयका प्र.अ. ढालेन्द्र के सी रहनु भएको छ । साथै उक्त भेलाले यस समितीमा रिक्त रहेका ५ सदस्यलाई नयाँ समितीले नै चयन गर्ने निर्णय समेत गरेको छ ।
सोही अवसरमा दुजमान पुनको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अविभावक संघको समेत निर्विरोध रुपमा चयन गरेको छ । विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष अम्मर सिंह पुनले आफ्नो कार्यकालमा गरेका सम्पुर्ण कामका बारेमा प्रस्ट पार्दै नवगठीत समितीले विद्यालयको पक्षमा सधै निरन्तर रुपमा सकारात्मक काम गर्दै जाओस भन्दै सफल कार्यकालको शुभकामना व्याक्त गर्नुभएको थियो । विद्यालयका प्र. अ. ढालेन्द्र के सी ले विगतमा भएका विद्यलयका सम्पुर्ण कामकारवाहीका बारेमा जानकारी गराउनु भएको थियो । 
सोहि अवसरमा श्री सरस्वती माध्यमिक विद्यालय नेटा ३ पौंदी थामडाँडा गुल्मीका प्र.अ. भिम घिमिरेले निवर्तमान समितीले गरेका कामहरुका वारेमा प्रसंसा गर्दै नया समितीले पनि सधै निष्पक्ष रुपमा कामहरु अगाडी वढाओस भन्दै शुभकामना व्याक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष अम्मर सिंह पुनको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय निरिक्षक झविलाल विक को प्रमुख आथित्यता रहेको थियो । विद्यालयका शिक्षिका यमकुमारी गाहा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक इन्द्र वहादुर घर्तिले गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग