Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस सेवा सञ्चालन गर्न माग

Published on 10:16:00 PM //

अनिल खत्री 
वर्षाका कारण सडक अवरुद्ध भएका कारण स्थगित गरिएको बागलुङ हटिया बस सेवा पुन सञ्चालन गर्न गलकोटवासीले माग गरेका छन् । चाडबाडको समयमा मानिसहरुको ओहोरदोहोर बढी हुने भएकाले गलकोटवासीलाई सहज बनाउन भन्दै गलकोट नगर विकास समितिले आज धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिलाई आग्रह गरेको हो ।
नगर विकास समितिको पहलमा आज बागलुङ बजार आएका त्यस क्षेत्रका समाजसेवी, व्यवसायी लगायतले धौलागिरि अञ्चल वस व्यवसायी समिति, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ल विकास समिति, जिल्लाका क्रियाशिल राजनीतिक दलहरुलाई भेटी बाटो मर्मत सम्भार गरी बस सेवा सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको गलकोट नगर विकास समितिका अध्यक्ष गुमानसिँह बुढाथोकीले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग