Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी आई टि एफ तेकवान्दोको आर्कषण बढ्दो

Published on 3:04:00 AM //

मनोज बस्नेत 
गुल्मी जिल्लामा पछिल्लो समयमा आई टि एफ तेकवान्दोको आर्कषण बढ्दै गएको छ । यस अघि आई टि एफ तेकवान्दालाई सामान्य रुपले हेर्ने गरीएता पनि अहिले भने यसमा दिनप्रतिदिन युवा युवतीको आर्कषण बढ्दै गएको हो । गत एक बर्ष अगाडी देखि जिल्लाको सदरमुकाम तम्घासको कभर्ड हलमा सन्चालित अन्तराष्ट्रिय तेक्वान्दो महासघंको शाखा हालै मात्र सिद्धबाबा उच्च माध्यामिक बिद्यालय तम्घास खानिगाउँमा बिस्तार भएको छ ।
किताबी ज्ञानले मात्र बिद्यार्थीहरुको चौतर्फी विकास नहुने भएकोले बिभीन्न अतिरीक्त क्रियाकलापहरुलाई पनि समेटेर बिद्यार्थीहरुमा रहेको प्रतिभालाई राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तर सम्म चिनाउनको लागी खेल सञ्चालन गरीएको प्रशिक्षक नवराज खरेलले बताउनुभयो । आफु एक बिद्यार्थी भएर पनि झण्डै ५ बर्ष अगाडि भारतमा पुगेर तालीम लिएको र अहिले यहाँ सम्म पुग्न सफल भएको भन्दै उहाँले यस क्षेत्रमा लाग्न सम्पुर्ण युवा पुस्तालाई आग्रह गर्नुभयो । बिद्यार्थीको पढाई क्षेत्रलाई यसले कुनै नकारात्मक प्रभाव नपार्ने बरु शारिरीक तथा बैद्धिक विकासमा महत्वपुर्ण भुमीका खेल्ने प्रशिक्षक खरेलको भनाई छ । कर्भड हलमा सञ्चालित रेशुङ्गा डोजङ्गमा अहिले सिनीयर बेल्टमा हरीयो, पहेँलो र सेतोमा ४० जना युवा युवतीहरु सहभागी रहेका छन् । यसमा ब्ल्याक बेल्ट पास गर्न १० ओटा श्रेणी हुने गर्दछन् । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग