Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिचार्ज कार्ड चोरी गर्ने सार्वजनिक

Published on 3:16:00 PM //

घनश्याम गौतम
प्रहरीले मोवाईलका रिचार्ज कार्ड चोरी गर्ने स्याङ्जाको एक युवकलाई मंगलबार सार्वजनिक गरेको छ ।
बुटवलबाट तम्घास आउ“दै गरेका लु १ ख ६१८२ नम्बरको ट्रकबाट व्यवसायी कृष्णप्रसाद बेल्बासेका १ लाख रुपैंया मुल्यका नमस्ते र स्काईका रिचार्ज कार्ड चोरी गरेको अभियोगमा पक्राउ गरी आवश्यक अनुसन्धानपछि प्रहरीले स्याङ्जाको आलमदेवी–३ लसर्घाबेसीका २३ वर्षीय सन्तोष मास्के रानालाई सार्वजनिक गरेको हो । रानाले चोरी गरेका रिचार्ज कार्ड मध्ये १८ हजार १ सय रुपैंया नगदै र स्काई तथा नमस्तेको गरी ९ हजार ९ सय रुपैंयाको रिचार्ज कार्ड बरामद गरिएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए । अन्य रिचार्ज कार्ड विक्रि गरेका स्थलहरुको खोजी भैरहेको र छिट्टै सबै कार्ड बरामद गरी पीडितलाई बुझाईने प्रहरीले जनाएको छ । मास्के रानाको विषयमा थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग