Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायती फन डेमा गुल्मेली बाजा (फोटो फिचर)

Published on 1:52:00 AM //

गत २१ अगस्त दिन सेन्ट जोन आम्बुलेन्सले आयोजना गरेको एक दिने फन डे कार्यक्रम ग्रिम्सथोर्प क्याशलमा सम्पन्न भएको थियो । कार्यक्रमका आयोजकहरुले बताए अनुसार कार्यक्रममा झन्डै १५ हजार को उपस्थिती रहेको थियो । उक्त कार्यक्रम हेर्नको लागि स्थानीय देखि अन्य देशहरुबाट पनि उपस्थिती रहेकने थियो । जसमा बेलयत (इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड तथा नोर्दन आयरल्याण्ड), ब्राजिल, डेनमार्क, नेपाल लगायतका देशहरुबाट सहभागिता रहेको थियो ।

कार्यक्रममा भवन निर्माणका सामानहरुको पसल देखि लिएर खाद्यान्नका सामानहरुको समेत पसल राखिएको थियो । उक्त फन डेको दिन विभिन्न किसिमका शो भएका थिए जसमध्ये रोमनीया डान्स, कुकुरको खेल प्रतियोगीता, कुकुर प्रदर्शनी, क्लासिक कार प्रदर्शनी, लाटोकोसेरो खेल प्रदर्शन, धनुष काड बाजी, तिन तथा १० किलोमिटर दौड प्रतियोगिता, बाटल अफ बृटेनको संझनामा गरिएको एयर शो, नेपाली नृत्य प्रदर्शनी, नौमती बाजा लगायतका प्रदर्शनीहरु निकै रोचक रहेका थिए । १५० भन्दा बढी विभिन्न किसिका पसलहरु राखिएको उक्त दिनको कार्यक्रमहरु विभिन्न टिभी च्यानल तथा इन्टरनेटमा सिधा प्रसारण समेत गरिएको थियो ।

यस्तो कार्यक्रम वार्षिक रुपमा एउटा पर्वको रुपमा स्थानीय बासिन्दाहरुले मनाउने चलनछ । कार्यक्रबाट उठेको रकम मध्ये केही रकम नेपालका अनाथ बाल बालिकाहरुको लागि तथा एम्बुलेन्स किन्नको लागि प्रयोग गरिने कुरा कार्यक्रका आयोजक जेम्स बकल्याण्ड बताउछन ।
यस वर्ष विगतमा भन्दा धेरैको सहभागीता भएको तथा कार्यक्रममा नौमती बाजाले निकै महत्वपूर्ण स्थान लिन सकेको कुरा आयोजकहरुले बताएका थिए । कार्यक्रम आयोजक साइमन नास थप्छन, “नेपालीहरुको उपस्थिती त्यसमा पनि गुल्मी युकेले प्रस्तुत गरेको नौमती बाजा सोचे भन्दा पनि रमाईलो तथा दर्शकहरुको ध्यानाकर्षणको केन्द्र बन्न सकेको थियो । यो कुरा बताउदा मलाई खुसी लागेको छ ।” नौमती बाजा कार्यक्रम स्थलमा पुग्ने बित्तिकै ताली बजाएर स्वागत गरिएको थियो ।

दिउसो २ः१५ बजे केस्टलबाट नौमती टिमले शुभ साइत, नहरा लगनको धुनमा नाच्दै झण्डै एक घण्टा लामो कार्यक्रम पस्तुत गरेको थियो । नेपाली भेषभुषामा सजिएका दिदीबहिनीहरुको नाच साथै सम्पूर्ण टिमलाई लिड गर्दै चिटिक्क नेपाली मगर भेषभूषामा सजिएर नौ वर्षकी ओसीन थापाले नेपालको राष्ट्रिय झण्डा फरफराई अगाडि हिडेकी थिएन भने नौमतीको धुनमा त्यहा“ उपस्थित सहभागीहरु रोचकता साथ नाचगान तथा नौमती धुनमा आफुलाई सहभागी बनाईरहेका थिए । केही अंग्रेजहरु पनि नेपाली भेषभूषामा सजिएर आएका थिए ।
सो कार्यक्रमको लागि नेपाली एकल तथा सामुहिक नृत्यको संयोजन सुरेश श्रेष्ठले गरेका थिए । नेपाली हस्तकलाका सामग्रीहरु प्रदर्शन तथा बिक्री वितरण दिपक प्रसाईले गरेका थिए । उसै गरी नेपालमा उत्पादित हर्वल चियाका साथै विभिन्न किसिमका खाद्य बस्तुहरु बेलायती बजारमा ल्याउनको लागि खगेन्द्र पाठक, होम परिवाग तथा श्रीराम न्यौपानेले प्रदर्शन गरेका थिए । कार्यक्रममा भिजिट नेपाल २०११ को लिफलेट वितरण गरेको थियो ।
सेन्ट जोन आम्बुलेन्स लिंकनशायरका जेम्स बकल्याण्डको विशेष निमन्त्रणामा बेलायतका लागि नेपाली राजदुत डा. सुरेश चन्द्र चालिसे त्यस कार्यक्रमको विशेष अतिथिको रुपमा उपस्थित रएको थियो । सोही कार्यक्रममा नेपालीलाई बढी प्राथमिकता दिएर अन्य समुदाय बीचमा नेपालीको परिचय मात्र नभई कला, संस्कृति, भेषभूषा, नेपालमा बनेका हस्तकला सामान तथा हरबल टि, अन्य खान पिनका प्रदर्शन मात्र नभई नेपाल भिजिटको निम्ती ठूलो प्रचार प्रसार अति राम्रो भएको साथै त्यस ठाउका बासिन्दाले अति रोचक भएको प्रशंसा गरेका थिए । महामहिम डा चलिसेले नौमती बाजा गुल्मी युके समूह, दिपक प्रसाई, खगेन्द्र पाठक, दिपक श्रेष्ठ, ओम प्रसाद थापा तथा युरोपा होलसेल लिमिटेडका श्रीराम न्यौपनेलाई धन्यबाद दिएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग