Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिबिध कार्यक्रमका साथ बालदिवस मनाइयो

Published on 2:00:00 AM //

नरेश भण्डारी 
राष्ट्रिय बालदिवस २०६८ को अवसरमा इन्सेक आवद्ध बालअधिकार चेतना समुह श्री जनसहयोग मावि अर्खलेको आयोजनामा आज बालअधिकार सबैको सरोकार विषयक वक्तित्वकला तथा म्यूजिकल चेयर र हिसाव दौगड प्रतियोगिता कार्यक्रम सम्पन्न भयो ।
समुहका अध्यक्ष कल्पना सुनारको अध्यक्षतामा सम्पन्न कार्याक्रममा प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्याक बलराम खनाल, संरक्षक शिक्षक कृष्णप्रसाद फुल्लेल, शिक्षकहरु अनन्तप्रसाद गौतम, हिरामणी खनाल र तुल्सीराम मरासिनीले मन्तव्य व्यक्त गर्नुभयो । जम्मा ४० जनाले भागलिएको वक्तृत्वकला प्रतियोगितामा मातृका खनाल प्रथम, कल्पना खत्री द्वितिय, दिनेश पोखरेल तृतिय र स्मृती मरासिनीले सान्त्वना स्थान हासिल गर्न भएको थियो ।
यसैगरी १२ जनाले भागलिउको हिसाव दौड प्रतियोगितामा गुप्तबहादुर कुँवर प्रथम, गणेश कुँवर द्वितिय र राजन अनाल तृतीय हुनभयो । त्यस्तै १८ जनाले भागलिएको म्यूजिकल चेयर प्रतियोगितामा गिता सुनार प्रथम, करिस्का के.सी.द्वितिय र तारा भण्डारी तृतिय हनुभएको अर्खलेबाट कुष्णप्रसाद फुल्लेलले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग