Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोडपत्र माग्दै श्रीमती कुट्ने प्रहरी खोरमा

Published on 2:02:00 AM //

नरेश भण्डारी 
पौदिअमरई गाविस–३ बाँङ्गेकी ३२ वर्षीया धनमायाँ दलार्मीलाई कुटपीट गरेको अभियोगमा उनका ३५ वर्षीय पति मिनबहादुर दर्लामीलाई प्रहरीले २०६८ भदौ २९ गते घरबाटै पक्राउ गरेको छ ।
छोडपत्र दिन र घर छाड्न दवाव दिँदै कुटपिट गरेको भन्दै पीडितले ०६८ भदौ २८ गते जिल्ला प्रहरी कर्यालय गुल्मीमा दिएको उजुरीका आधारमा पक्राउ गरि कार्वाही अगाडि बढाइएको इन्सपेक्टर स्यामु अर्आलले गराएकी दिए । दर्लामीले भारतिय सेनाको जागिरबाट विदामा घर आएको वेला ०६८ भदौ ८ गते राती आफुलाई चारित्रिक लाल्छना लगाएर कुटपिट गरेपछि तिन जना छारी सहित भागेर मुसिकोट गाविस–६ को माईतिघरमा बसेको पिडतले बताइन् । टाउको र छातिमा चोटलागेकी पीडितको वामीटक्सार स्वास्थ्य चौकीमा उपचार गरीएको र स्थानिय रुपमा घटना मिलाउने पहल गरिए पनि सफल हुन नसकेपछि उजुरी दिएको पीडित पक्षले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग