Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी संपर्क समितीमा पुन: सुबेदी

Published on 6:20:00 PM //

सरोज श्रेष्ठ

गत सेप्तेम्बर ११ तरिखको दिन गुल्मी संपर्क समिती दक्षिण कोरीयाकोको तेस्रो अधिबेसन कोरीया स्थित सुयुको हेप्पी कुक रेस्टुरेन्टमा सम्पन्न भएको छ । करिब १५० जना गुल्मेलीहरुको उपस्थितिमा सम्पन्न भएको अधिबेसनबाट गन्धिव सुबेदीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ । ठुलो संख्यामा उपस्थिती गुल्मेलीहरुको भेलाबाट पुरानो समिटी बिघटन गरी नयाँ समितीको गठन गरेको हो । अध्यक्ष पदको लागि धेरैको नामावली आएता पनी सुबेदीलाई निर्बिरोध अधक्ष्य पदमा निर्बाचित गरिएको थियो भने उपाअधक्ष्यहरुमा बिष्णु ज्ञवली र पुरन थापा निर्बचित हुनु भएको छ ।
यसैगरी सचिबमा प्रेम ज्ञवली, सह-सचिबमा चन्द्र पराजुली, कोषअध्यक्षयमा टाम्लाल अर्याल, सह-कोषअधक्ष्यमा लक्षमन सुबेदी र सदस्यहरुमा रमप्रसाद भुसाल, पूर्ण चन्द्र पराजुली, सुजन श्रेष्ठ, बिश्व नाथ ढुंगाना, नबिन प्रधान, जीवन ढकाल, पूर्ण राना, बिष्णु आचार्य, होम्बहादुर बुढाथोकी, लेस जिसी र ज्ञानु बलाल मनोनित हुनु भएको छ । यसैगरी सल्लाहकारहरुमा बिनोद आचार्य, कमल राना, सान्ता राना, गुरु प्रसाद भुसाल, शंकर राना, केदार आचार्य, तिबत श्रेष्ठ र बिष्णु श्रेष्ठ निर्बाचित हुनु भएको छ भने खेल्कुद संयोजकमा कमल राना मनोन्नित हुनु भएको छ । सोही दिन साझ ८ बजे देखी सुरु भएको अधिबेसन अर्को दिन बिहान ५ बजे समाप्त भएको थियो । 
नयाँ समितिको चयनसगै बिहान ८ बजे र ३० मिनेट जादा सल्लाहकार बिनोद आचार्यले पदाधिकरीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । अधिबेसन सँगै अघिलो समितीको आर्थिक विवरण समेत पेश गरिएको थियो भने साथमा रात्री भोजको समेत आयोजना गरिएको थियो । अब नयाँ समितीको बैठक सेप्तेम्बर १८ तरिक आईतवार बस्ने अध्य्क्ष सुबेदीले जानकारी गराउनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग