Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाग्ला उमाबिको ब्यवस्थापनमा घर्ती

Published on 2:26:00 AM //

मनोज बस्नेत,  
वाग्ला उच्च माध्यामिक बिद्यालय वाग्ला गुल्मीमा भएको अभिभावकहरुको भेलाले विद्यालय व्यावस्थापन समितिको पुर्नगठन गरेको छ । नव गठित समितीको अध्यक्षमा रुक बहादुर घर्ती रहनुभएको छ । त्यस्तै सदस्यहरुमा झविन्द्र प्रसाद भण्डारी, कमल केसि, श्यामलाल पराजुली लगाएत रहनुभएको छ् । त्यस्तै कार्यक्रममा बिद्यालयको शिक्षक अभिभावक सघंको समेत पुर्नगठन गरीएको छ । जसको अध्यक्षमा बास बहादुर बिक र सदस्यहरुमा तिर्थ पन्थी, गुमन गिरी, कमला भण्डारी, एमलाल गिरी, रमेश घिमिरे चयन हुनुभएको छ ।
कार्यक्रममा बिद्यालयका प्राचार्य भेष बहादुर खनालले कार्यक्रमको उदेश्य बारे प्रकास पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा बिद्यालय व्यावस्थापन समिति सदस्य टोपलाल पराजुली, शिक्षक अभिभावक सघंका पुर्व अध्यक्ष छन्त केसी, सल्लहाकार समिती सदस्य गोविन्द प्रसाद देवकोटा, गाउँ शिक्षक समितिका अध्यक्ष बेदनिधी पन्थी, भगवति उच्च माध्यामिक बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरे लगाएतले मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रम जिल्ला शिक्षा कार्यालय गुल्मीका बिद्यालय निरीक्षक प्रेम चन्दंको प्रमुख आतिथ्यता, स्रोत व्यात्ति दिबाकर अर्यालको बिषेश आतिथ्यता, नवगठित बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष रुक बहादुर घर्तीको अध्यक्षता, शिक्षक प्रतिनीधी हिम प्रसाद पन्थीको स्वागत मन्तव्य र बिद्यालयका सहायक प्राचार्य भागिरथ भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग