Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्ता सहकारी सघं गुल्मीको अध्यक्षमा ज्ञवाली

Published on 2:28:00 AM //

मनोज बस्नेत 
उपभोक्ता सहकारी सघं गुल्मीको अध्यक्षमा पुनराम ज्ञवालि चयन हुनुभएको छ । उपभोत्ता सहकारी सघंको आज तम्घासमा सम्पन्न प्रारम्भिक साधारण सभाबाट १३ सदस्यीय समितीको अध्यक्ष पदमा ज्ञवाली चयन हुनुभएको हो । सघंको उपाध्क्षमा चन्द्र बहादुर महत र बिर बहादुर बस्नेत, सचिवमा नारायण चन्द बोहोरा, सह–सचिवमा पार्वता कुवंर र कोषाध्यक्षमा लाल बहादुर राना चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कोस बहादुर थापा, झविन्द्र घर्ति मगर, खड्ग बहादुर बिक, चित्र बहादुर बस्नेत, दुर्गा बहादुर घर्ति मगर र शेर बहादुर शर्तुङ्गी मगर रहनुभएको छ । साथै सोही अवसरमा नारायण पौडेलको संयोजकत्वमा तिन सदस्यीय लेखा समिती समेत गठन गरीएको छ । 
समितीको सदस्यमा अमृत कुमार बुचा र धन बहादुर केसि रहनुभएको छ । साधरण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सहकारीमा महिलाहरुको सहभागितालाई बढाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा एकिकृत नेकपा माओवादिका बुद्धि जिसी, नेपाली कागेंसका छन्त बहादुर पहराई, नेकपा एमालेका मधुकृष्ण पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टिका ठाकुर प्रसाद पाण्डे, जिल्ला कृर्षि विकास कार्यालयका धन बहादुर थापाले मन्तव्य राख्नुभएको थियो । 
त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बहादुर बिक, जिल्ला सहकारी सघंका उपाध्यक्ष शेषकान्त गौतम, नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम, नगर विकास समितिका अध्यक्ष गिरीराज पन्थी लगाएतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपभोत्ता सहकारी सघं गुल्मीका अध्यक्ष तथा कार्यक्रमका शभापती पुनराम ज्ञवालीले आर्थिक बर्ष २०६७-६८ को बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नयाँ कार्य समितिका सचिव नारायण चन्द बोहोराले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग