Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एलआईसी नेपालका अभिकर्ता अन्तर्कृया सम्पन्न

Published on 1:23:00 AM //

अनिल खत्री  
एल. आई.सी. नेपाल गुल्मी शाखाको आयोजनामा आज तम्घासमा एक दिने अभिकर्ता भेटघाट एवं अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । एल.आई.सी. नेपालका प्रमुख कार्यकारी अधिकृत पि.आर.मिश्रको प्रमुख आतिथ्यतामा भएको भेटघाट एवं अन्र्तक्रिया कार्यक्रममा पछिल्लो समयमा गुल्मी जिल्लामा एलआईसी नेपालका बिमाकर्ताहरुको संख्या बढ्दै र उनीहरुको प्रतिको जिम्मेवारीताका लागि छुट, श्रृण लगायतका विषयमा नीतिहरु सहज र छिटो छरितो बनाईदिन अभिकर्ताहरुले आग्रह गरेका थिए ।
साथै अभिकर्ताहरुले एलआईसी नेपाल प्रति सर्वसाधरणको विश्वास बढ्दै गएको र बिमा गर्नेहरुको संख्यामा समेत बृद्धि भएकोले गुल्मीका ७९ वटै गाविसमा अभिकर्ता छनोट गरेर कार्यक्रम अगाडी बढाउन आग्रह समेत गरेका थिए । कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत पि.आर. मिश्र, बुटवल शाखाका प्रबन्धक लोकराज अवस्थी लगायतले एलआईसी नेपाल बिमा कम्पनी सर्वसाधरणहरुको आर्थिक उन्नती र हितका लागि संचालन भएको संस्था भएकाले क्रमशः उनीहरुको सेवा सुविधाका लागि नीति बनाएरै अघि बढ्ने बताउनु भएको थियो । जिल्लाभरबाट ४० जना अभिकर्ताहरु सहभागी भएको भेटघाट तथा अन्तर्कृया कार्यक्रम गुल्मी शाखाका प्रबन्धक गिरीराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग