Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारिता पढाई नै स्थगित

Published on 1:24:00 AM //

पि.एम.मगर
जिल्लामै पहिलोपटक पत्रकारिताको पढाई शुरु गरेको अर्घाखाँची आबासिय उच्च मा.वि.ले यो वर्ष पत्रकारिता कक्षा सञ्चालन नगर्ने भएको छ । गत वर्षबाट कक्षा ११ मा जिल्लामै पहिलो पटक पत्रकारिता विषय अध्यापन गराउन थालेको उच्च मा.वि.मा यो वर्ष विषयगत विद्यार्थीहरु नभएपछि कक्षा स्थगित गर्नुपरेको बताएको छ ।
उच्च माविका प्राचार्य श्रीकृष्ण भुसालले विद्यार्थी भएमा कक्षा सञ्चालन गर्न कुनै समस्या नरहेको भन्दै विद्यार्थी संख्या पुगेमा कक्षा सुचारु हुने बताउनुभयो । उहांले पत्रकारिता पढेको मान्छे पत्रकारितामा लागोस भन्ने मनसायले पत्रकारीता कक्षा शुरु गरेको र अहिले विद्यार्थी नै नभएपछि कक्षा वन्द गर्नुपरेको वताउनुभयो । सोहि क्याम्पसमा कक्षा १२ मा आम संञ्चार तथा पत्रकारीता बिषय लिएर पढ्दै गरेका बिधार्थि भने अहिले अन्योलमा परेका छन् । शैक्षिक शत्र सुरु भएर पनि असोज ५ गतेबाट क्याम्पसले पहिलो त्रैमासिक परिक्षा सुरु गर्न थाल्दा शिक्षकको अभाबमा हालसम्म पहिलो एकाई समेत पुरा नभ्याईएकाले के गर्ने के नगर्ने भन्ने दोघारमा परेका हुन् । 
आम संञ्चार बिषयको शिक्षक क्याम्परमै नहु“दा लामो समयदेखि कक्षा १२ को आमसंञ्चार बिषयको पठनपाठन कार्य ठप्प रहेको बिधार्थीहरुको भनाई रहेको छ । शिक्षक ल्याऊन पटकपटक क्याम्पस प्रशासनलाई आग्रह गरेता पनि वेवास्ता गरेको उनीहरुको आरोप रहेको छ । क्याम्पसका प्रिन्सीपल श्रीकृष्ण भुसालले भने त्रैमासिकपछि आमसंञ्चार बिषयको शिक्षक ल्याई पढाई सुचारु गर्ने बताउनुभयो । उहांको यो तर्क गैर जिम्मेबारीपूर्ण र आस्बाससन मात्रै भएको बिद्यार्थीको दावी छ । अब केहि दिनमा आम संञ्चार बिषयको शिक्षक नल्याए अर्घाख“ाची शिक्षा क्याम्पसमा अनिश्चित कालिन तालाबन्दि गरि बिरोधमा उत्रने बिद्यार्थिहरुको भनाई रहेको हाम्रा सहकर्मी विरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग