Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति रनिङ्ग शिल्ड कात्तिक तेस्रो साता देखि

Published on 3:40:00 PM //

घनश्याम गौतम
जिल्ला खेलकुद विकास समितिले आर्कषक नगद पुरस्कार सहित कात्तिक तेस्रो साता विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ ।
समितिको आयोजनामा तम्घासमा मंगलबार भएको सर्वपक्षिय छलफलले कार्तिक १९, २० र २१ गते प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । जिल्लाभर राष्ट्रपति रनिङ्ग शिल्डको रौनकता बढाउन आयोजकले यस वर्ष पुरस्कार राशीमा समेत बृद्धि गरेको छ । गतवर्षका प्रतियोगितामा प्रथम, द्धितिय र तृतियका लागि ७ हजार, ५ हजार र ३ हजार रुपैंया राखिएकोमा यस वर्ष बृद्धि गरी क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैंया पुरस्कारको व्यवस्था गरिएको खेलकुद विकास समितिका अध्यक्ष गोविन्द वि.क.ले बताए । ‘पुरस्कार राशीले जिल्ला भर रनिङ्ग शिल्डको रौनकता थाप्ने छ’, वि.क.ले भने, ‘अन्य खर्च कटाएर भएपनि पुरस्कारका लागि व्यवस्था गर्ने छौं ।’ गत वर्षको रनिङ्ग शिल्ड तम्घासकै महेन्द्र उच्च माविले जितेको थियो । अध्यक्ष विकका अनुसार प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङ्गजम्प, दौड, रिले दौड, लगायतका खेल समावेश गरिएका छन् । जिल्लाभरका माध्यामिक  विद्यालयहरु मध्येबाट ५० भन्दा बढी विद्यालय प्रतियोगितामा सहभागी हुने आयो जकको दावी छ । मंगलबारको छलफलले खेलकुद विकास समितिका अध्यक्ष वि.क.को अध्यक्षतामा प्रतियोगिता मुल आयोजक समिति समेत गठन गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग