Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छ लाख रुपैंया राजश्व संकलन

Published on 3:41:00 PM //

सीता भण्डारी
आन्तरिक राजश्व कार्यालय बुटवलबाट आएको टोलीले एकै दिनमा ६ लाख रुपैंया भन्दा बढी राजश्व संकलन गरेको छ ।
आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत टिकाराम गैरेको नेतृत्वमा आएको टोलीले गुल्मी जिल्लाका साना ६ लाख १७ हजार ४ सय ७५ रुपैंया राजश्व संकलन गरेको हो । गुल्मी उद्योग वाणिज्य संघको पहलमा आएको टोलीले कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीको सहयोगमा गुल्मी जिल्लाका ३ सय ६० साना व्यवसायीहरुबाट उक्त रकम संकलन गरेको हो ।
गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोखरेलका अनुसार टोलीले ५ लाख ४९ हजार ६ सय ७५ रुपैंया आयकर, ३३ हजार ९ सय बहालकर र २१ हजार रुपैंया मदिरा विक्रि कर संकलन गरेको छ । उद्योग वाणिज्य संघले साना व्यवसायीहरुको सहयोगका लागि गत वर्ष दे खि जिल्लामै राजश्व संकलन गर्ने व्यवस्था मिलाएको थियो ।
साना व्यवसायीहरुको सहयोगका लागि आगामी वर्षहरुमा समेत यस्तो सुविधा उपलब्ध गराउने महासचिव पोखरेलले जानकारी दिनुभयो । 
बार्षिक २० लाख रुपैंयासम्मको कारोबार गर्ने र २ लाख रुपैंया आम्दानी गर्ने व्यवसायीलाई साना व्यवसायीको बर्गमा राखेर सरकारले बार्षिक १ हजार २ सय ५० रुपैंया राजश्व लिंदै आएको छ । अस्थायी र स्थायी लेखा नम्बर लिनका लागि समेत उद्योग वाणिज्य संघले विशेष पहल गरेर तम्घासबाटै उपलब्ध गराउंदै आएको छ । पछिल्लो दुई महिना साउन र भदौमा मात्र झण्डै ५ सय भन्दा बढी साना व्यवसायीहरुले उद्योग वाणिज्य संघको कार्यालयबाटै अस्थायी लेखा नम्बर लिएको संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताउनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग