Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलाले बगाएर ल्यायो बेवारिशे महिलाको शब

Published on 5:13:00 PM //

सीता भण्डारी/मनोज बस्नेत/अनिल खत्री
बढीघाट खोलामा एक महिलाको शव मगंलबार दिउसो ४ बजेतिर फेला परेको छ ।
गुल्मी जिल्लाको जोहाङ्ग २ खैरेनी बजार नजिकै बढीघाट खोलामा चिन्न नसक्ने अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । सोमबार देखि लगातार पानी परेकाले बढीघाट खोलाको पानी बढीरहेकाले माथीतिरबाट बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नायव निरीक्षक सानोकाजी बिष्टको नेतृत्वमा रहेको इलाका प्रहरी कार्यलय जोहाङ्ग खैरेनीको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका सुचना अधिकृत तथा प्रहरी निरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग