Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले क्षेत्रिय बैठक सम्पन्न

Published on 3:26:00 PM //

शिबलाल सुबेदी
नेकपा एमाले क्षेत्र नम्बर १ गुल्मीको क्षेत्रिय १० औ बैठक जुहाङ्ग खैरनीमा सम्पन्न भएको छ । क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष लोक बहादुर रानाको अध्यक्ष्यतामा सम्पन्न बैठकले यही बिजया दशमिकोे अवसरमा अस्लेवा, लिम्घा, जुनिया, तुराङ्ग, आपचौर, खड्ककोट, अरबेनी, हर्मीचौर कुर्घा लगायतका गाविसहरुमा पुर्नमिलन कार्यक्रमको आयोजना गर्नुका साथै आगामि कात्तिक र मसिंर महीना भित्रमा इलाका तथा गाउँ स्तरहरुमा प्रशिक्षण कार्यक्रम तथा पाटी सदस्यता बिस्तार गर्ने लगायतका निर्णयहरु गरेको छ । कार्यक्रमका प्रमुख अथिती जिल्ला कमिटी अध्यक्ष बोम बहादुर खड्काले नेबपा एमालेले अघि सारेको ३ महिने कार्यक्रमका बारेमा प्रशिक्षण दिनुभएको कार्यक्रममा राष्ट्रिय प्रतिनिधी परिषद सदस्य मैना भण्डारी, जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्थ, सचिवालय सदस्य जिवन खरेल, अम्मर सीजापती लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रिय सचिव ठक प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग