Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा विकास वैंक पाँचौ वर्षमा

Published on 12:48:00 PM //

जनार्दन घिमिरे/पि.एम.मगर
निजी क्षेत्रवाट सञ्चालित गुल्मी जिल्लाको पहिलो विकास वैंक रेसुङ्गा विकास वैंकले हिजो आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । वैंकको प्रधान कार्यालय तमघास लगायत जिल्लाका विभिन्न ६ स्थानमा रहेका शाखा कार्यालयहरुमा पनि स्थापना दिवस मनाएको छ । स्थापना दिवसको वरिष्ठ समाजसेवी नरप्रसाद श्रेष्ठले एक समारोहका विच उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वैंकका प्रमुख कार्यकारी अधिकृत साजन भट्टराईले झण्डै एक अर्व रुपैयाँ वरावरको वैंकको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार चार वर्षकै अवधीमा वैंकले १ करोड ३३ लाख ९७ हजार रुपैँया नाफा कमाउन सफल भएको छ । 
सोही अवसरमा २०६६ सालमा कक्षा ११÷१२ मा गुल्मी जिल्ला भित्र सर्वोत्कृष्ट अंक ल्याउने छात्रातर्फ जनबोध उच्च माध्यमिक विद्यालय, बलेटक्सार रानीबास, गुल्मीकी पवित्रा ज्ञवाली र छात्रतर्फ सिद्धबाबा उच्च माध्यमिक विद्यालय, तमघास–५, का सुरज जि.सीलाई प्रमुख अतिथि श्रेष्ठले कदर पत्र तथा नगद पुरस्कारले सम्मानगर्नुभएको थियो । यस्तै वैंकले आज ४ जना खातावाला व्याक्तिको दुर्घटना विमा स्वरुप एक एक लाख रुपैयाँ प्रदान गरेको छ । कार्यक्रम वैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्य र प्रवन्धक दिपक पोखरेलको सञ्चालन रहेको थियो ।
रेसुङ्गा विकास बैंकले असार मसान्तसम्मको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ११ दशमलब ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकद्वारा मंगलबार जारी विज्ञप्ती अनुसार संचालक समितिको ८५ औं बैठकले राष्ट्र बैंकबाट स्वीकृती लिएपछि र साधारण सभाबाट पारित गराएर बोनस शेयर र नगद लाभांश वितरण गरिनेछ । जिल्लाका ग्रामिण क्षेत्रमा ६ शाखा विस्तार गरेको बैंकले ७९ करोड ५५ लाख ५५ हजार ८ सय २ रुपैंया निक्षप संकलन गरी ४६ करोड, १ लाख ५४ हजार ८ सय २४ रुपैंया लगानी गरेको छ । बैंकका कार्यकारी अधिकृत सार्जन भट्टराईले संचालक समितिको निर्णय स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश गरी सकिएको र स्वीकृत भएर आएपछि साधारण सभाबाट पारित गराएर वितरण गरिने बताउनुभयो । भट्टराईका अनुसार ६ शाखा प्रधान कार्यालय सहितमा बैंकका २२ हजार ९ सय ग्राहक छन् ।
यस्तै मजुवा शाखामा पनि वैंकले एक कार्यक्रमका विच आफ्नो स्थापनाको पाँचौ दिवस मनाएको छ । वैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता तथा स्थानीय समाजसेवी नारायण कण्डेलको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा शाखा प्रवन्धक कृष्णप्रसाद अर्यालले वैंकको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । शान्तिपुर शाखामा पनि वैंकले स्थापना दिवस मनाएको छ । वैंक सञ्चालक समितिका सदस्य इश्वरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी निमलाल श्रेष्ठ, जिल्ला रेड्क्रस सोसाईटीका अध्यक्ष अनुपकुमार श्रेष्ठ, स्थानीय समाजसेवी पुर्ण खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शान्तिपुर शाखा प्रवन्धक थम्मनवहादुर रानाले कार्यक्रमको संचालन गर्दै वैकको वार्षिक प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो भने वैंकका कर्मचारी रेखा न्यापानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 
यसैविच वामी शाखामा पनि कार्यक्रम सम्पन्न भएको छ । वैँकका कार्यकारी अधिकृत साजन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्थानीय वयोवृद्ध लालचन श्रेष्ठ, हेल्थ पोष्ट इन्चार्ज नारायणप्रसाद सापकोटा, महेन्द्र आदर्श उच्च माविका प्राचार्य भिमलाल सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा वैँकमा खाता खोल्नुभएका वाग्लुङ्ग जिल्लाको दगातुन्डाँडा ३ का स्वर्गीय दुर्गावहादुर दमाईको परिवारलाई एक लाख रुपैया वरावरको दुर्घटना विमा हस्तान्तरण गरिएको छ । स्वर्गीय दमाईकी धर्मपत्नी सुमित्रा दमाईलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले दुर्घटना विमाको चेक हस्तान्तरण गर्नुभएको थियो । स्वर्गीय दमाईको केही महिना अघि भिरवाट लडेर ज्यान गएको थियो । कार्यक्रममा वामी शाखा प्रवन्धक कृष्णहरी भण्डारीले वैंकको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै वलेटक्सार शाखामा पनि वैँकका सञ्चालक अखिलेश्वरप्रसाद पाण्डेयको अध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विद्यालय निरीक्षक शंकरप्रसाद पन्त, स्थानीय समाजसेवी एवं व्यवसायी तोयनारायण ज्ञवाली, रुरु एफएमका स्टेशन म्यानेजर युगराज वस्याल, वैँकको प्रधान कार्यालयवाट पुरस्कृत हुनुभएकी उच्च माध्यमिक शिक्षा अन्तर्गत व्यवस्थान संकायमा उत्तीर्ण जिल्लाकै उत्कृष्ट छात्रा पवित्रा ज्ञवाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । छात्रा ज्ञवालीले उच्च माध्यमिक शिक्षा अन्तर्गत व्यवस्थापन संकायमा ७१.५० प्रतिशत अंक ल्याई यस वर्ष छात्रातर्फ जिल्लाकै उत्कृष्ट हुनुभएको थियो । सोही अवसरमा वलेटक्सारका शाखा प्रवन्धक उमेश ज्ञवालीले शाखाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग