Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एड्स रोकथामका लागि प्रशिक्षण

Published on 12:30:00 PM //

पि.एम.मगर
राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र नार्डेक नेपाल गुल्मीको आयोजनामा जिल्लाको ठुलोलुम्पेक गाविसमा एचआईभी एड्स र यसको रोकथामका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ठुलो लुम्पेक गाविस वार्ड नं. ८ चोहेमीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा एचआईभी एड्स, सर्ने अवस्था, यसवाट वच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

महिला समाजसेवी जमुना कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लक्ष्मीपुर माध्यमिक माद्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम कुवँर, सयपत्री वहुउद्धेष्यीय कृषक सहकारी समुहका अध्यक्ष गोपाल कुवँर, समाजसेवी मित्रलाल तरामु, वसन्त तरामु, चन्द्रवहादुर राना लगायत गरी ५० जना महिला पुरुषको सहभागीता रहेको थियो । कार्यक्रममा प्रशिक्षक कल्पना के.सी., साथी शिक्षकहरु पुर्णिमा थापा र टोपला थापाले प्रशिक्षण दिनुभएको थियो भने सञ्चालन तस्लिमा रानाले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग