Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गरिवी, अशिक्षा र बेरोजगारी मानव बेचबिखनका प्रमुख कारक

Published on 1:16:00 AM //

सीता भण्डारी
गरिवी, अशिक्षा र बेरोजगारका कारण मानव बेचबिखन सामाजिक समस्याको रुपमा अगाडी आएको गुल्मीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । “हामी सबैको अभियान, मानव बेचविखनको पूर्णविराम” भन्ने नाराका साथ मावन बेचबिखन तथा ओसार पसार विरुद्धको पाचौं राष्ट्रिय दिवशको अवसरमा तम्घासमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले यस्तो कुरामा जोड दिएका हुन् । 
नेपालमा मानव बेचबिखनको वर्तमान अवस्था र नियन्त्रणका चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले अहिले मानव बेचबिखनले विकराल रुप लीएको बताउदैं नियन्त्रणका लागि आफु, गाउँ, घर, छिमेकमा सर्व प्रथम जनचेतनाको विकास हुनु पर्नेमा जोड दिनु भयो । साथै कार्यपत्रमा राम्रा काम लगाइदिने, नक्कली विवाह गराइदिने, सहयोग र शहर घुमाउने बाहाना, चिनेजानेको तथा आर्थीक लोभ लालचका कारणले मानब बेचबिखन बढेको उल्लेख गरिएको थियो । कार्यपत्र माथी वकिल शुशिल देवकोटा, पत्रकार हरि कुमार श्रेष्ठ लगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिष कृष्णराम कोइराला, विशेष अतिथी स्थानिय विकास अधिकारी हिरालाल रेग्मी, राजनितिकदलको तर्फबाट एकिकृत माओवादीका निमबहादुर पाण्डेय, महिला सञ्जालको तर्फबाट विष्णु सापकोटा लगाएतले मन्तब्य राख्दै मावन बेचबिखनको निराकरणका लागि स्थानिय तह देखी नै सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । साथै कार्यक्रममा उपल्लो तम्घास मा.विका शिक्षक राममणी पन्थी, सिद्धबाबा उच्च मा.वि की शिक्षिका हिमकला राना, आर्दश विद्या आश्रमका कृष्ण मरासिनी र महेन्द्र उच्च मा।विका शिक्षक पीताम्बर पन्थीले मानव बेचबिखन निराकरणको लागि विद्यालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र यस्ता विषयलाई पाठ्यक्रममा समावेश गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा मानव बेचबिखन र ओसार पसार सम्बन्धी समाजमा हुने घटनाको विषयमा सचेतनामुलकनाटक समेत प्रस्तुत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको सभापतित्व रहेको कार्यक्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमको स्वागत मन्त्व्य रहेको थियो भने कार्यक्रमको सञ्चालन महिला विकास अधिकृत जमुना पौड्यालले गरेकी थिईन । औपचारिक कार्यक्रम सुरु हुनु भन्दा अगाडी मानब बेचबिखन विरुद्ध एक हौं, नियन्त्रणका लागि सबै एक जुट हौं लगाएतका सचेतना मुलक नारा लेखिएका प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग