Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाल संगठन गुल्मीको वैठक

Published on 1:15:00 AM //

सीता भण्डारी
नेपाल वाल संगठन जिल्ला कार्यसमिति गुल्मीको वैठक मंगलबार तम्घासमा सम्पन्न भएको छ । वाल संगठन गुल्मीका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा सम्पन्न वैठकमा भदौ २९ गते राष्ट्रिय वाल दिवस मनाउने विषयमा व्यापक छलफल भएको थियो । वैठकमा राष्ट्रिय वालदिवसको अवसरमा यहि भदौ २८ गते विहान तम्घास नगर क्षेत्र सरसफाई गर्ने र विहान ९ वजे देखि १ वजे सम्म वालमन्दिरमा ५ वर्ष मुनिका वालवालिकाहरुको निसुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने निर्णय गरेको छ । कार्यक्रमको व्यवस्थापनका लागि वैठकले सरसफाई तर्फ हरिकुमार श्रेष्ठ र निसुल्क स्वास्थ्य परीक्षणकालगि ताराप्रसाद पाण्डेको संयोजकत्वमा समिति समेत गठन गरेको छ । त्यस्तै दिवसकै अवसरमा २८ गते नै दिउसो अन्तर वालक्लव स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने र प्रतियोगिताको संयोजकमा जिल्ला वाल क्लव संञ्जालका अध्यक्ष महेश पन्थिलाई चयन गरेको वाताईएको छ ।
शान्ति र संविधानमा सुनिश्चित वाल अधिकार भन्ने नाराका साथ मनाउन लागिएको राष्ट्रिय वालदिवसको अवसरमा भदौ २९ गते विहान प्रभातफेरी गर्ने र त्यसपछाडि सांस्कृतिक कार्यक्रम, प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको वैठकले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग