Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायीक रेडियोले समाजसेवीलाई सम्मान गर्ने

Published on 7:28:00 PM //

घनश्याम गौतम  
सामुदायीक रेडियो स्काई दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा समाजसेवी, जेष्ठ नागरिक लगायत सामाजिक योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । रेडियोले शनिवार पत्रकार सम्मेलन मार्पmत दिएको जानकारी अनुसार सामुदायीक रेडियोको सामाजिक दायित्व र जिम्मेवारी अन्र्तगत जिल्ला भर उत्कृष्ट काम गर्ने समाजसेवी र जेष्ठ नागरिकलाई सम्मान गर्न लागेको हो । रेडियो स्काई आइतवार देखि दोस्रो वर्ष प्रवेश गरेको छ ।
जिल्लाभरका समाजसेवी मध्यबाट बम्घाका लिला पुरी, तम्घासका नरप्रसाद श्रेष्ठ र पुर्कोटदहका चक्रबहादुर कुँवरलाई त्यस्तै जेष्ठ नागरिक तर्फ तम्घास–८ की १ सय ३ वर्षीया सुमित्रा श्रीस र सिमिचौर–५ का १ सय ३ वर्षीय रेणुकान्त अर्याललाई सम्मान गर्न लागिएको रेडियोका अध्यक्ष शालिकराम पन्थीले बताए । रेडियोले बार्षिक उत्सवकै अवसरमा गुल्मीन्युज सहयोगी घनश्याम गौतमलाई पत्रकारिताका माध्यमबाट समाजमा पुर्याएको योगदान र शिक्षा पत्रकारीता लेखनबृत्ति प्राप्त गरेको उपलक्ष्यमा अभिनन्दन गर्ने भएको छ ।
त्यस्तै रेडियोले बार्षिकउत्सवका अवसरमा आइतवार देखि शनिवारसम्म बजार सरसफाई, अस्पताल, कारागार, खानेपानीका मुहान, ट्याङ्की, सरकारी कार्यालयहरुको अनुगमन, कार्यालय प्रमुख एवं राजनीतिकदलहरुसंग अन्र्तक्रिया, सांस्कृतिक कार्यक्रम, कलाकारहरुको सम्मान लगायतका कार्यक्रम गर्ने गरी समयतालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार रेडियोका संचालक, प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, सरकारी कार्यालयका प्रमुखहरु सहितको टोलीले तम्घासको चिदिचौर नजिकै रहेको खानेपानीको मुहान क्षेत्रमा सरसफाई गरेको छ । विभिन्न क्षेत्रका १ सय ३१ जनाको सक्रियतामा खुलेको रेडियो स्काई जिल्लाकै एकमात्र सामुदायीक रेडियो हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग