Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाभर भुकम्पको धक्का महशुस

Published on 7:29:00 PM //

घनश्याम गौतम 
सदरमुकाम तम्घास सहित जिल्लाभर भुकम्पको धक्का महशुस भएको छ । तम्घासमा भुकम्पको धक्का लागेपछि त्रासले मानिसहरु घरबाहिर सडकभर निस्केका थिए । तम्घासका प्रायः अग्ला घरमा बस्नेहरु साँझ ७ बजेसम्म पनि घर भित्र पस्न सकेका छैनन् । अधिकांशले घर भित्रै भएका बेला धक्का महशुस गरेका थिए । ‘कोठामा बसेर टेलिभिजन हेर्दै थिएं’, जिल्ला वन कार्यालयका प्रमुख शिवप्रसाद शर्माले भने, ‘लगातार झण्डै १५ सेकेण्डसम्म टेलिभिजन र कपडाको ह्याङ्गर नै ढल्लाजस्तो गरी हल्लिएपछि भुकम्प नै भएको महशुस भयो ।’
तम्घासमा झण्डै तिन दशकपछि भुकम्पको धक्का महशुस भएको स्थानीय बासिन्दाले बताए । धक्का महशुस भएपनि क्षतिको कुनै जानकारी नआएको प्रहरी कार्यालयले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग