Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मापदण्ड पुरा नगरेका दुई मासुपसल बन्द

Published on 3:51:00 AM //

जनार्दन घिमिरे
न्यूनतम मापदण्ड पुरा नगरी मासु व्यवसाय संचालन गर्दै आएका दुई मासु पसल गुल्मी जिल्ला स्थित बजार अनुगमन समितिले बन्द गराएको छ । जिल्ला स्तरीय मासु अनुगमन समिति गुल्मीले मंगलवार सदरमुकाम तम्घासमा रहेका दुईओटा मासु पसल मापदण्ड विपरित रहेको भन्दै बन्द गराएको हो । 
तम्घास पुरानो बजारमा रहेको गोपाल राँगा मासुपसल र शहिदचोक नजिकै रहेको श्रेष्ठ फ्रेस हाउसलाई वधशाला स्थल र पसल सुधारका लागि अनुगमन समितिले पटकपटक निर्देशन दिएपनि पालना नगरेपछि बन्द गर्नुपरेको अनुगमन समिति गुल्मीका संयोजक बाबुराम अर्यालले जानकारी दिनुभयो । ‘पटकपटक आग्रह गर्दा पनि अवज्ञा भएपछि पसल बन्द गराउनु परेको हो’, अर्यालले भन्नुभयो, ‘न्यूनतम मापदण्ड समेत पुरा गरेको भेटिएन ।’

गुल्मीको सदरमुकाम तम्घासमा ४३ ओटा भन्दा बढी मासुपसलहरु रहेका छन् । बजार अनुगमन समितिले अनुगमनलाई तिव्रता दिएको छ भने पसलहरुमा अनिवार्य रुपमा दर्ता प्रमाणपत्र र मूल्य सूचि राख्न निर्देशन  दिएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग