Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 5:16:00 AM //

-सन्जु काउछा मगर

लाहुरेलाई दशैँ तिहार, नआएकै जाती 
घर सम्झाउने देउसी भैलो, नगाएकै जाती 

सुखसँग दुई छाख खान, छैन बरै परदेशमा 
कहाँ पाउनु सेल-फिनी, नखाएकै जाती

चाहेको थिएँ घर फर्किन्छु, यसपालिको दशैँमा त
चाहे जस्तो हुन्न रैछ, नचाहेकै जाती 

छुट्टी माग्यो नेपाल जान, कहिल्यै मिल्ने हैन 
किन धाउनु एअरपोर्ट अब, नधाएकै जाती 

दु:ख जती गरे पनि, फाटेकै छन कुमका टाला
कहाँ पाउनु नयाँ लुगा, नलाएकै जाती

(यो मेरो आफ्नै प्रयास मात्र हो, ठ्याक्कै गजल भयो भएन थाहा भएन आशा छ जानकार मित्रहरुले सल्लाह सुझाब अवश्य दिनुहुनेछ ।) 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग