Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन चोरी पैठारी गर्नेलाई जरिवाना

Published on 4:26:00 AM //

नारायण प्रभात मरासिनी 
गत ३ वर्षदेखि बन चोरी कटानीको मुद्दा खेप्दै आइरहेका गुल्मी बडागाउँको पेँगाली सामुदयिक वनका पदाधिकारी सहित एक दर्जन भन्दा वढी व्यक्तिहरुलाई जिल्ला अदालत गुल्मीले वन चोरी कटानी गरेको ठहर गर्दै जरिवाना हुने पेैmसला गरेको छ । वनका पदाधिकारी एवं केही स्थानीय व्यक्ति विरुद्ध २०६५ साल मंसिर महिनामा अख्तियार अनुसन्धान आयोगमा परेको अवैध वन पैदावार चोरी कटानी सम्बन्धी मुद्दा अगाडी बढाउन जिल्ला बन कार्यलयलाई अख्तियारले निर्देशन गरेपछि जिल्ला वन कार्यलयमार्पmत सरकारी वकिलले उक्त मुद्दालाई अगाडी बढाएका थिए ।सरकारी वकिलले २०६६ साल मंसिर २४ गते जिल्ला अदालत गुल्मीमा दायर गरेको मुद्दामा स्थानिय ५ जना व्यक्ति र पेँगाली सामुदायिक वन उपभोक्त समितिका पदाधिकारीहरुले ६ सय १९ थान काठ अवैध रुपमा काटेर हिनामिना गरेको मुद्दा दायर भएको थियो । वन ऐन अनुसार ५०३.६१ क्यु फिट काठ समितिका पदाधिकारीहरुले हिनामिना गरेको भन्दै वन ऐन अनुसार हदैसम्मको सजायको माग दावी गरिएको मुद्दामा बडागाउँ–५ पेँगा निवासी कर्णबहादुर जि.सी., हरि गन्धर्व, सोमबहादुर विश्वकर्मा, राजबहादुर विश्वकर्मा र इन्द्रबहादुर सोमै सहितका ५ जनाले १ सय ३५ क्यु फिट सालको काठ अवैध किसिमले चोरी कटानी गरेको ठहर गर्दै काठको दोब्बर रकम ६७ हजार ५ सय रुपैयाँ जरिवाना असुली गर्ने जिल्ला अदालत गुल्मीले पैmसला गरेको छ ।
त्यसैगरी पेँगाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर जी.सी., उपाध्यक्ष पूmलकुमारी रायामाझी, सचिव दानबहादुर सोमै, कोषाध्यक्ष कार्णबहादुर पाण्डे, सदस्यहरु ओमबहादुर रायामाझी, नरबहादुर कुवँर, केशबहादुर जि.सी. चुराबहादुर खत्री, ओमकुमारी जि.सी., चित्र शाही र विष्णुकुमारी पाण्डे सहित समितिका ११ जनाले अवैध किसिमले काठ हिनामिना गरेको ठहर गर्दै उनीहरुलाई १ लाख ८४ हजार ३ सय ५ रुपैया जरिवाना गर्ने पैmसला जिल्ला न्ययाधिश कृष्णराम कोईरालाको इजालासले गरेको हो । उनीहरुलाई पुनरावेदन गर्न पाउने अवधिसम्म अदालतले पर्खिएको र पुनरावेदन गर्ने अवस्था नाघेपछि उनीहरुवाट जरिवाना असुल गरिने अदालतका श्रेस्तेदार खिमानन्द पाण्डेले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग