Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आजदेखी दसैं शुरु

Published on 3:51:00 PM //

दशैको पहिलो दिन आज घटस्थापना गरी घर घरमा जमरा र।खिँदैछ । आजको दिन दियो कलश र गणेशको पूजा सहित माटोको पूर्ण घडामा गाइको गोवर टाँसी जौ मकै रोपेर घटनस्थापना गर्ने सनातन हिन्दु परम्परा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वष वर्षको घटस्थापनाको साइत आज विहान १० बजेर २७ मिनेटमा रहेको जनाएको छ । यसै गरी वडादशैको टीकाको साइत असोज १९ गते विहीवार १० बजेर ३५ मिनेटमा रहेको छ काठमाडौको हनुमानढोकास्थित दशै घरमा पनि घटस्थापना गरी जमरा राखिँदैछ । यसरी राखिएको जमरा दशैको अन्तिम दिन कोजाग्रत पूर्णिमामा विसर्जन गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा मनाइने यो पर्वको नवरात्रीभर शक्तिपीठहरुमा बली दिइनुका साथै दशै घरमा प्रत्येक दिन दुर्गा सप्तशती र भगवतीको पूजा आराधना गरिन्छ । आजको दिनदेखी वडादशैँ अवधिभर नवरात्र मेला पर्वका रुपमा शक्तिपीठ तथा घटस्थापना गरिएको स्थपाना घरमूली अथवा पण्डित पुरोहितद्वारा सप्तशती चण्डी र भगवती स्तोत्र परायण गरिन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग