Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवैध औषधी बेछेको आशंकामा नियन्त्रणमा लिन खोज्दा फरार

Published on 1:48:00 AM //

पि.एम.मगर
अनाधिकृत रुपमा अवैध औषधीहरु विक्री वितरण गर्दै आएको आशंकामा औषधी व्यवसायी संघ गुल्मीले आज एक व्याक्तिको मोटरसाईकल नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईएको छ । संघले उक्त व्यक्तिले अवैध रुपमा गुल्मीका ग्रामिण क्षेत्रमा रहेको औषधि व्यवसायीहरुलाई औषधि विक्रि गर्न हिडेको जानकारी पाएपछि संघले हिजोदेखि उक्त व्यक्तिको वारेमा निगरानी गर्दै आईरहेको थियो । उसँग औषधि खरिद गर्ने वहाना वनाई आज विहान संघका पदाधिकारीहरु सदरमुकाम तमघासवाट पछ्याउँदै जाँदा अर्घाखाँचीको डिभर्ना गाविस निवासी जनक केसी नाम गरेको व्यक्तिको लु ८ प २५५३ नम्मरको मोटरसाईकललाई तमघास गाविस ९ नेटावाट नियन्त्रणमा लिएका थिए । उक्त व्यक्ति भने संघका पदाधिकारीलाई देख्नासाथ मोटरसाईकल छाडेर भागेको औंषधि व्यवसायी संघका अध्यक्ष शेरवहादुर थापाले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग