Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सवारीको ठक्करबाट किशोरको मृत्यु, सडक अवरुद्ध

Published on 1:45:00 AM //

घनश्याम गौतम 
सवारी साधनको ठक्करबाट किशोरको मृत्यु भएपछि तम्घास देउरालीका बासिन्दाले सडक अवरुद्ध गरेका छन् । शनिवार साझ तम्घास–६ देउरालीमा स्थानीय १६ वर्षिय किशोर हरी परियारको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने सवारी साधन पत्ता लगाई कारवाहीको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
किशोरको शव र घटनास्थलको प्रकृती हेर्दा सवारी साधनकै ठक्करबाट मृत्यु भएको भएपनि ठक्कर दिने सवारी साधन फराररहेकाले थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक ओमप्रकाश चौधरीले बताए । स्थानीय बासिन्दाले भने सवारी साधन फेला नपर्दासम्म सवारी संचालन हुन नदिने भन्दै सडक अवरुद्ध गरिरहेका छन् । सडक अवरुद्ध भएपछि तम्घासका लागि बाहिरबाट आएका सवारी साधनहरु देउरालीमै रोकिएका छन् । सदरमुकाम तम्घास छिर्ने १ किलो मिटर टाढाको मुख्य नाका भएपनि सर्वसाधरण गन्तब्य पुग्न नसक्दा समस्यामा परेका छन् । प्रहरीले भने सडक खुलाउने प्रयास भैरहेको जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग