Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ

Published on 12:38:00 AM //

मनोज बस्नेत 
स्थानीय २ छात्राहरुलाई जबरजस्ती करणी गर्न खोज्ने गुल्मीको मुसिकोट गाविसका एक युवक स्थानीय युवाहरुको सक्रियतामा पक्राउ परेका छन् । मुसिकोट गाविस घर भएका दुई जना छात्राहरुलाई जबरजस्ती गर्न खोज्ने मुसिकोट गाविस वार्ड नम्बंर ६ आरुपाटा निबासी हन बहादुर खत्रिका अन्दाजी २५ बर्षिय छोरा कृष्ण बहादुर खत्रिलाई स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । बिहान करिब १० बजे तिर महेन्द्र आदर्श उच्च माध्यामिक बिद्यालय वामिटक्सार जाँदै गरेका सोही बिद्यालयका २ जना छात्रालाई भारतबाट घर तर्फ फर्कदैँ गरेका खत्रिले जबरजस्ती गर्न खोजेको भन्दै सदाबहार शौभाग्यशालि युवा क्लबका युवाहरुले उनलाई पक्राउ गरेका थिए । 
पक्राउ परेका खत्रीलाई वामि प्रहरी चौकि वामि गुल्मीको जिम्मा लगाएको क्लबका किशोर रायमाझिले बताउनुभयो । खत्रीले गगां प्राथमिक बिद्यालय मुसिकोटकी शिक्षीका पार्वती केसिको घरमा रहेको बोको चोरेर आफ्नो घर तर्फ जाँदै गर्दा छात्राहरुलाई बाटोमा जबरजस्ती गर्न खाजेको गगां प्राविका प्रधानाध्यापक जनक केसीले बताउनुभयो । उता वामि प्रहरी चौकिले भने घटनाको प्रकृति त्यस्तो नभई खत्रीले र ती छात्राहरुको बिचमा बिबाद भई ती छात्राहरुले लगाएका गरगहना लुट्न खोजेको बताएको छ । उक्त व्याक्ति अहली आफ्नो नियन्त्रणमा रहेको तर जबरजस्ती करणीको गर्ने नियतको नभई चोरी र लुटपाट गर्ने नियतको भएको वामी प्रहरी चौकिका ईन्चार्ज धन बहादुर थापाले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग