Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:35:00 AM //

-अशिम महत

मधु बनमा न्याउली एक्लै, करायो र रोएँ 
खत बसेको घाऊ फेरी, चरायो र रोएँ !!

निसास्सिएं सपनिमा, जङघारमा परेपछी,
बिपनिमा मन मेरो डरायो र रोएँ !!

बिना बादल असिना र पानीले झै चुटेपछी,
आफ्नो मुटु आफैबाट हरायो र रोएँ !!

दैबले झैं खेल गरी बदन ताकी तिर हान्दा,
एउटा मुटु दुई टुक्रा गरायो र रोएँ !!

अश्रुधारा बलेसिमा रुझ्दा रुझ्दै यादहरु,
गोधुलिमा दाहिने आँखा फर-फरायो र रोएँ !
खत बसेको घाऊ फेरी, चरायो र रोएँ !!

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग