Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कारको ठक्करबाट गयो ज्यान

Published on 3:51:00 AM //

लोक नाथ अर्याल / कुमार अबिरल
गुल्मी वामी सेरा वार्ड नम्बर ९ घर भई हाल दोहा कतार स्थित एक होटलमा कार्यरत रिमा सापकोटाको सडक दुर्घटनामा परि मृत्यु भएको छ । गत बुधबार रातको करीब १२ बजे बाटो काट्न लाग्दा बिपरीत दिशाबाट आएको कारले ठक्कर दिँदा सापकोटाको घटनास्थल मै मृत्यु भएको दोहा स्थित रिमाका साथी दीपकले जानकारी दिनुभयो । कार अती द्रुत गतिमा गूडेकोले नियन्त्रण भन्दा बाहिर गएर बाटो काट्न लागेकी सापकोटालाई ठक्कर दिएको अनुमान गरिएको छ । कार चालक फिलिपिनो नागरिक भएको खुल्न आएको छ भने उक्त फिलिपिनो पनि अहिले गम्भिर घाइते अवस्थामा उपचाररत रहेकाले थप जानकारी मिल्न सकेको छैन । 
मृतक सापकोटा विवाह गरि घरबाट आएको करीब १ वर्ष मात्र भएको प्राप्त जानकारीमा उल्लेख छ । मृतकको शबलाई हाल हमद मेडिकल कर्पोरेसन मा राखिएको छ भने उक्त शबलाई १ हप्ता पश्चात नेपाल पठाउने तयारी शुरु गरिसकिएको होटेल स्रोतले जानकारी दिएको प्राप्त जानकारीमा उल्लेख छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग