Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्यालयमा शोक सभा सम्पनन

Published on 3:33:00 AM //

अनिल खत्री   
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पर्ने श्री महेन्द्र उच्च मा बि को कक्षा १० मा पढने एक छात्राको निधनमा शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मी जिल्लाको अर्खले गाबिस वाड नं.८ घर भएकी वर्ष १६ की बिमला आचर्य बिगत केहिदिन यता बिरामी परेर गुल्मीको सदरमुकाम तम्घासको जिल्ला अस्पतालमा उपचार गराई रहेकी थिईन । जिल्ला अस्पतालमा उपचार सम्भब नभए पछि थप उपचारको लागी पाल्पा मिसन अस्पतालमा लगिएको थियो । टाइफईट ज्वोरो कारण उपचारको शिलशिलामा उनको गत असोज ६ गते निधन भएको थियो । सोहि निधनको शोकमा महेन्द्र उच्च मा बिले आईतवार शोक सभा सम्पन्न गरेको छ । शोक सभामा महेन्द्र उच्च मा बि का बिद्यालय ब्यावस्थापन समिती अध्यक्ष भुवन प्रसाद श्रेष्ट शिक्षक अबिभावक संघका अध्यक्ष भुवन अर्याल बिद्यालयका प्रचार्य केशर बहादुर थापा लगायत बिद्यालयका शिक्षक बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । शोक सभामा तस्बीरमा माल्याअप्रर्ण १ मिनेट मोहनधारण गरि सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग