Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दिब्रुङ्मा +२ पढाई शुरु

Published on 4:20:00 PM //

दुर्गा प्रसाद खराल  

गुल्मी दिब्रुङ सराङ स्थित श्री शारदा उच्च माबीमा उच्च शिक्षाको पढाई शुरु भएको छ । २०२२ सालमा प्राबी तहबाट शुरु भई क्रमश: २०५१ मा निमाबी र ५६ मा माबी तहको कक्षा सन्चालन अनुमती पाएको बिद्यालयमा गत भाद्र ४ गते देखी उच्च शिक्षा तर्फ कक्षा ११को पढाई शुरु भएको हो ।  
दिब्रुङ गुल्मी  जिल्लाकै उच्च पहाडी क्षेत्रमा अवस्थित स्थान हो । यो क्षेत्र प्रशिद्द धार्मिक स्थलको रुपले चिनिएकोले यहाँ टाढा-टाढाबाट तिर्थालुहरु आउने गर्द छन ।  बार्है महिना पानी रहीरहने यहाँको कुवा अर्को आकर्षण हो । जहा १००८ स्वामी स्वर्गिय परमानन्द गुरुले  तपस्या स्थल बनाएर दिब्रुङलाई धार्मिक स्थाल घोषणा गरी दिनु भो सोही धर्मस्थलले जन्मायो उच्च माध्यमिक बिद्यालय । नमुना गाउँ भन्दा पनि फरक नपर्ला । 
सराङमा रहेको माध्यमिक बिद्यालयले गत भाद्र ४ गते बाट ११ क्लासको भर्ना शुरु गरेको हो । हुनत आसपास क्षेत्रहरुमा [आपचौर र शन्तीपुर ] पनि उच्च मा बि नभएका हैनन तर त्यहा पुग्न लाग्ने समय अब बिश्वखर्क गा बि स भिर्खानी र भन्ज्याङ तुराङ गा बि स किसिकोट अनि दिब्रुङ गा बि सकै दह अनि अर्जेवाबाट सराङमा  पढ्न आउने बिध्यार्थी हरुले राम्रो संग समयको सदुपयोग गर्न पाउने भएका छन ! २०२२ साल पौष १४ गते बाट प्रा बि स्तर बाट शुरु भएको श्री शारदा प्राथमिक बिद्यालय केही समय खुम्चिएर बस्नु पर्यो  लगत्तै २०५१ मा बिद्यालय ब्यब्स्थापन समितिको निर्णय बमोजिम निम्न माध्यमिक बिद्यालय घोषण गर्यो ! विद्यार्थी भाई बहिनि को पढ्नमा अत्यन्तै मेहनत देखीएको कारण ब्यबस्थापन  समिति पुन: चिसिएर बस्न सकेन ! 
दश कक्षा सम्मको अनुमती पनि प्राप्त गर्यो ! २०५६ को पहिलो एस एल सी परीक्षा मा ८५ % विद्यार्थी प्रथम र द्वितिय श्रेणिमा उतिर्ण भए  । बिद्यालयको उन्न्ती हुनुमा यो पनि एक उदाहरणीय काम हुन पुग्यो । २०६६ जेष्ठ मा  १००८ स्वामी परमानन्द सरस्वती गुरु को बिशेष निमन्त्रणामा  धान्यचल बाट प्राप्त रकम ४५ लाख को आशिर्बाद मिल्यो जागरुक अभिभावक हरुबाट ! जसको फल स्वरुप आज उच्च माध्यमिक संचालन पनि भयो ! बधाई छ सम्पूर्ण जागरुक अभिभावकहरु ,श्रीजन सील आमा समुह , दिब्रुङ देउराली युबा क्लब,  शारदा उच्च मा बि परिवार र अन्य छिमेकी गा बि स का जागरुक अभिभावक अनि बिद्यालय परिवारहरु प्रति ! 

लाल बहादुर राना [शिक्षक शारदा उच्च माबि सराङ] बाट प्राप्त जानकारी

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग